१७ कात्तिक, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले ‘जनताको प्रश्न : नयाँ शक्तिको उत्तर’ नामक कार्यक्रमको थालनी गर्ने घोषणा गरेको छ ।
पार्टीको १५ औं संघीय बैठकले सो पार्टीको संगठन विभागको प्रमुख गंगा नारायण श्रेष्ठ र नवराज सुवेदीलाई राजनैतिक संवाद समितिको संयोजक चयन गरेको छ भने विज्ञ परिषद्को समेत घोषणा गरेको छ ।
बैठकले पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदन पास गर्नुका साथै मंसीर १ देखि चैत्र मसान्त सम्मको ५ महिनामा ‘५ महिना ५ काम र ५ उपलब्धि’को कार्ययोजना बनाएको छ ।
सो पार्टीको विज्ञ परिषदमा कास्किका श्रीप्रसाद देवकोटा, पर्साका जगदिश अग्रवाल र धनुषाका भोगेन्द्र झा छन भने पार्टीको सचिवालयमा कर्मध्वज केसी, दल बहादुर चौधरी, नारायणराज पाण्डे, किरण मुल्मी, सविना अर्याल, सोनाम सिंह स्याङतान र कमला गुरुङलाई थप गरेको छ ।
वि.सं.२०७५ कात्तिक १७ शनिवार १३:१२ मा प्रकाशित