back

मीग नेपालद्धारा अन्तरक्रिया सम्पन्न, भ्यू टावरमा लगानी गर्न आग्रह

वि.सं.२०७५ कात्तिक १७ शनिवार

339 

shares
GLOBAL IME AD
NTC AD

१६ कात्तिक, काठमाडौं । मीग नेपालको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  मीगद्धारा शुक्रबार ललितपुरमा आयोजित भ्युटावर निमार्ण अन्तरक्रिया कार्यक्रममा पुरानो बसपार्कमा बन्न लागिरहेको ३३ तले भ्यूटावर निर्माणका लागि लगानी सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।


नेता सुरेश आले मगरको समेत उपस्थिति रहेको उक्त अन्तरक्रिया कार्यक्रममा लगानीकर्तामध्येको मुख्य कम्पनी जलेश्वर स्वच्छन्द विकोईका प्रमुख मनोज भेटवालले भ्यूटावर महत्वकांक्षी प्रोजेक्ट रहेको बताउँदै २० प्रतिशत सेयर मीग नेपाल हङकङलाई दिन पाएकोमा खुसी व्यक्त गरेका थिए ।

उनले विदेशीको लगानीमा पैसा पनि विदेशै जाने भएकाले नेपाली दाजुभाइको लगानीमा पैसा देशभित्रै बस्ने र यसले राज्य र नागरिक दुवैलाई फाइदा हुने बताएका थिए । पिपिपि मोडलमा निर्माण गरिन लागेको उक्त भ्यूटावर ३० वर्षपछि सरकारलाई बुझाउने पनि भेटवालले बताए ।

त्यस्तै अर्का लगानीकर्ता आइडिया फर नेपालका डाइरेक्टर शिरोमणि दवाडीले भ्यूटावरका बारेमा जानकारी दिदैं २ वर्षमै भवन निर्माण गरेर सकिने बताएका थिए । उनले भ्यूटावर सबै क्षेत्रको सेन्टर रहेको बताउँदै त्यहाँबाट एयरपोर्ट १७ मिनेट, ठमेल १० मिनेट, १५ मिनेटमा पशुपति तथा स्वयम्भु, १४ मिनेटमा छाउनी नेशनल म्युजियम लगायतका क्षेत्रमा पुग्न सकिने जानकारी दिएका थिए । उनले भवनको ३३ औं तल्लाबाट पूरै उपत्यका अवलोकन गर्न सकिने र त्यस वरपरका हिमश्रृंखला अवलोकन गर्न सकिने बताएका थिए । उनले अन्तराष्ट्रिय मापदण्ड अनुसार भवन बनाइएकोले ११.५ रेक्टर सम्मको भूकम्प पनि भवनले थेग्न सक्ने बताए ।

सोहि अवसरमा नेपाल मगर संघ हङकङका उपाध्यक्ष सुमन थापाले मिग नेपालका बारेमा बताउँदै हङकङ मगर संघको पहलमा २० प्रतिशत सेयर मीग नेपालले लिइसकेको हुनाले त्यसमा लगानी गर्न देश विदेशका मगरहरुलाई आव्हान गरेका थिए ।

विदेशमा रहेका नेपालीहरुको सहकार्यमा ‘२१ औ शताब्दिको आवश्यकता तथा चुनौतीसँग व्यवसायीक एकता’ भन्ने मुल उद्धेश्यका साथ स्थापना भएको मीग नेपालले फाइनान्स, हाउजिङ, टुर्स एण्ड ट्राभल्स, रेमिटेन्स, होटल रेष्टुरेण्ट, उत्पादन, पशुपालन उद्योग वाणिज्य जस्ता थुप्रै स्वरोजगार मुखी कार्यक्रम लिएर अघि बढेको बताउँदै भ्यूटावरमा लगानी गर्नु सबैको लागि सुर्वण अवसर भएको बताए ।


उनले मगर समुदायलाई अगाडि बढाउन व्यवसाय नै मुख्य आधार रहेकोले यसमा लगानी बढाउनका लागि अनुरोध गरेका थिए । लगानी सेक्युर हुन्छ भनेर कसरी ठोकुवा गर्नुहुन्छ भन्ने संसारन्युजको प्रश्नमा उनले भने,‘हामीले सरकारी देखि प्राइभेट सम्ममा यसका बारेमा सबै कुरा बुझेर नै लगानीका लागि अघि बढेका हौं ।’


त्यस्तै मगर संघ युकेको आर्थिक गतिविधि तथा सामाजिक कामका विषयमा मेजर कुष्ण कुमार आलेले बताएका थिए भने मगर संघ युकेका अध्यक्ष नेम थापाले भ्युटावर आउदो पुस्ताका लागि गर्व गर्ने विषय भएको बताउदै ३१ देशमा मगर संघ रहेकोले सबै संघमा मिग नेपालको उपस्थिति हुनुपर्ने बताएका थिए । उनले भ्यू टावरमा ८० जना मगरको मात्र लगानी नभएर थोरै थोरै भएपनि २० हजार मगरको लगानी यसमा रहोस् भन्ने आफूले चाहेको बताएका थिए ।

उक्त कार्यक्रममा मगर संघका पूर्वअध्यक्षहरु लगायत थुप्रै विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
७ अर्ब ६४ करोड रुपैयाँ निर्माण लागत लाग्ने बताइएको उक्त भ्यू टावरमा फिल्म हल, फाइभ स्टार होटल, सपिङ मल, सेन्ट्रल बस टर्मिनल, ५०० पसल, फुड कोर्ट एण्ड डाइनिङ, स्वीमिङ पुल, फिटनेश सेन्टर, इन्डोर किड्स पार्क, पार्किङ लगायत रहने बताइएको छ ।

वि.सं.२०७५ कात्तिक १७ शनिवार १२:४८ मा प्रकाशित

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज...

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश...

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल मार्फत युवतीको चरित्र हत्या गरेको अभियोगमा...

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई...

विपिन जोशीको रिहाइको पहल : परराष्ट्रमन्त्री र इरानका विदेशमन्त्रीबीच फोनवार्ता

विपिन जोशीको रिहाइको पहल : परराष्ट्रमन्त्री र इरानका विदेशमन्त्रीबीच फोनवार्ता

काठमाडौं । हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन...

गोलञ्जोरमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

गोलञ्जोरमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

सिन्धुली । झापाबाट काठमाडौंतर्फ गइरहेको निजी सवारी साधन दुर्घटना भएको...