back
CTIZAN AD

जनमत सङ्ग्रह परिणाम – न्यू क्यालेडोनिया फ्रान्सकै भाग रहने पक्षमा

वि.सं.२०७५ कात्तिक १९ सोमवार

621 

shares

१९ कात्तिक, पेरिस, फ्रान्स । न्यू क्यालेडोनिया फ्रान्समा रहने वा टुक्रिएर स्वतन्त्र बन्ने भन्ने बिषयमा भएको जनमत सङ्ग्रहको परिणाम एकिकृत फ्रान्सको पक्षमा आएको छ ।

मुख्य भूभागबाट करिब १८ हजार किलोमिटर टाढा रहेको उक्त क्षेत्र फ्रान्सबाट छुट्टिन हुन्न भन्ने पक्षमा जनमतसङ्ग्रमा ५६.४ प्रतिशत जनताले मतदान गरेका थिए । उक्त भूमि एक लाख ७५ हजार जनताको बसोबास रहेको फ्रान्सेली भूमि हो । उक्त क्षेत्रमा पछिल्लो समय चीनको बढ्दो प्रभाब रहेको थियो ।

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले मत परिणाम सार्वजनिक भए लगत्तै क्यालेडोनिया क्षेत्रका जनतालाई फ्रान्सको एकताको पक्षमा मतदान गरेकोमा मतदाताहरूलाई धन्यवाद ज्ञापन गरेको छ ।

म्याक्रोँले भने, जनमतसङ्ग्रहबाट फ्रान्सको प्यासिफिक क्षेत्रको न्यू क्यालेडोनिया फ्रान्सकै भूभाग रहनेगरी निर्णय आएको छ । यसबाट हामी सबैलाई ठूलो गौरब भएको छ । यो ऐतिहासिक कदमलाई शान्तिपूर्वक सँगसँगै सफल पारेकोमा राष्ट्रप्रमुखका रूपमा सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

निर्वाचन परिणामपछि राष्ट्रका नाममा गरेको सम्बोधनमा उनले भने, बहुमत क्यालेडोनियालीले फ्रान्स नै रोजेका छन उनीहरूको नेता बन्न पाउँदा मलाई खुशी लागेको छ । यो गणतन्त्र फ्रान्सको भविष्य र महत्वबारे विश्वासको सङ्केत हो ।

वि.सं.२०७५ कात्तिक १९ सोमवार १०:३७ मा प्रकाशित

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...