back
CTIZAN AD

माला गाँस्न र बजार लैजान चटारो

वि.सं.२०७५ कात्तिक १९ सोमवार

597 

shares

१९ कात्तिक, भक्तपुर । वर्षैदेखि व्यावसायिक रुपमा मखमली फूलको खेती गर्दै आएका चाँगुनारायण नगरपालिका–९ ताथली बालाटोलका बासिन्दालाई यतिखेर मखमली फूलको माला गाँस्न र बजार लैजान चटारो भएको छ ।

उक्त टोलका बिनिता बालाको परिवार यतिखेर मखमली फूलको माला गाँस्न र बजार लैजान व्यस्त छन । बिनितामात्र होईन बाला टोलका बनमाला र अन्य जाति पनि बारीमा लगाएको मखमली फूल टिपेर माला गाँस्नमै व्यस्त छन तिहार लागिसक्यो, तिहारमा माला बिक्री गर्न नसके फूल खेर जाने भएकाले यहाँका करीब ६० घरपरिवारलाई मखमली फूल टिप्न, माला गाँस्न र बजार लैजान चटारो भएको हो ।

अहिले यहाँका बासिन्दालाई धान भित्र्याउने भन्दापनि माला बिक्री गर्ने चटारो भएको स्थानीय सन्तमाया बाला बताउछिन । दश वर्ष अघिसम्म यहाँका बनमालाहरुले मात्रै फूल खेती गर्दै आएपनि पछिल्लो समयमा फूलखेती आम्दानीको मुख्य स्रोत भएको र एकै पटक दुई बाली लाउन सकिने भएपछि यहाँका किसान फूलखेतीतर्फ आकर्षित भएका हुन ।

दिनभरमा एकजनाले १०० देखि १५० वटासम्म माला गाँस्ने गरेका छन । अहिले बिहानैदेखि रातिसम्म नै कोही माला गाँस्ने कोहीले बजार पु¥याउने कामको चाँजो यहाँका बासिन्दाले मिलाएका छन । व्यापारी गाउँमै माला र फूल लिन आउने भएपछि धेरैले व्यापारीलाई नै माला दिएका छन भने व्यापारीको माग बमोजिम माला गाँस्नसमेत सकिएको छैन ।

सन्तमाया भन्छिन, “मखमली फूलखेतीले आत्मनिर्भर बनाएको छ, दशँै–तिहारका लागि अन्यत्र खर्च खोज्न जानु पर्दैन, चाडपर्व मनाएर पनि रकम बचत गर्न सकिन्छ, धान नफल्ने खेत तथा बारीमा लहलह फूल झुल्न थालेपछि यैे खेती शुरु गरेका हौ ।” मखमली फूल खेती गरेकै ठाउँमा अन्यजातका फूल तथा भटमास, मकै लगाएर दोहोरो बालीसमेत उनीहरुले भित्र्याउने गरेका छन ।

एक रोपनी जग्गामा लगाएको फूलखेतीबाट रु एक लाखसम्म आम्दानी हुने भएपछि किसानहरु फूलखेतीतर्फ आकर्षित भएका हुन । किसानले चारआनादेखि पाँच रोपनी जग्गासम्ममा फूल खेती गर्दै आएका छन । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डु र चाँगुनारायण नगरपालिका –९ ताथली फूलखेतीका लागि प्रसिद्ध छ ।

भक्तपुरका विभिन्न स्थानमा करीब पाँच सय हेक्टर जमीनमा फूलखेती हुने गरेको छ । वर्षेनी जिल्लामा करीब रु तीन करोडभन्दा बढीको फूल बिक्री हुने गरेको छ । भक्तपुरमा उत्पादान भएका मखमली फूल र माला राजधानीसँगै विभिन्न जिल्ला र विदेशमा समेत निर्यात हुने र गाउँमै व्यापारी आएर लैजाने भएपछि किसानलाई निकै सहज भएको गरिबसँग विश्वेश्वर कृषि समूहकी संयोजक मन्सरा मिश्र बताउछिन ।

विसं २०६० मा स्थानीय विकास कोषले फूलखेतीमा किसानलाई आकर्षित गर्न तालीम र बिउविजन दिएपछि किसानहरु फूलखेतीमा आकर्षित भएका हुन । वैशाख–जेठ महीनामा रोपेको मखमली फूल साउनदेखि टिपेर राख्ने र असोजदेखि बिक्री गर्ने गरिन्छ । साउनदेखि फूल टिप्न थाले पनि कात्तिकसम्म नै फूल टिप्न मिल्छ ।

घरबाट व्यापारीहरुले प्रतिमाला रु २० देखि २५ सम्म दिने गरेका र आफँैले बजारमा लगेर बेच्दा रु ५० सम्म आउने गरेको उनीहरु बताउँछन । मखमली फूलको माला खोज्न साउनदेखि नै व्यापारी आउने गरेको ताथलीकी सरिता बालाले जानकारी दिए । खेती गर्न सजिलो र आम्दानी राम्रो हुने भएकाले अहिले बनमाला बाहेक अन्य जातीले पनि फूल खेती गर्ने गरेको उनको भनाइ थियो ।

व्यावसायिक फूलखेती गरेका किसानहरुलाई प्राविधिक ज्ञान, सिप र तालीमको व्यवस्था गर्ने गरिएको संयोजक मिश्रले बताउछिन । भाइटिकामा कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिए दाजुभाइले दीर्घजीवन पाउने विश्वासका कारण तिहारमा यो फूलको महत्व बढेको हो ।

वि.सं.२०७५ कात्तिक १९ सोमवार १३:२४ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...