back
CTIZAN AD

कानूनी हैसियतभन्दा बढी गाडी प्रयोग नगरेको – मन्त्रालय

वि.सं.२०७५ कात्तिक २० मंगलवार

633 

shares

२० कात्तिक, काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कानूनी हैसियतभन्दा बढी सवारी साधन प्रयोग नगरेको मन्त्रालयले जनाएको छ ।

मन्त्री पण्डितले अनावश्यक धेरै गाडी प्रयोग गरेको भनेर केही सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले आज विज्ञप्ति जारी गर्दै मन्त्रीले मन्त्रालयले उपलब्ध गराएको भन्दा बढी गाडी प्रयोग नगरेको बताएको छ ।

विज्ञप्तिमा उनले मन्त्रीले प्रयोग गरेका दुईवटा झण्डासहितका गाडीमध्ये आवश्यकताअनुसार एउटा गाडी मन्त्री निवासमा पार्किङ गरिएको हुन्छ र अर्को गाडी प्रयोग गरेको जानकारी गराए ।

मन्त्रीको निजी सचिवालयका उपसचिव र स्वकीय सचिवले मन्त्रालयले उपलब्ध गराएको एक–एक वटा गाडी प्रयोग गरेको उल्लेख गदै ती चारवटा गाडीमध्ये अरु गाडी प्रयोग नगरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निमित्त सचिव अधिकारीले गाडीलगायत अन्य स्रोत सामग्रीको प्रयोगसमेत अन्यन्तै मितव्ययी र पारदर्शी हिसाबले प्रयोग गरिएको र कुनै पनि अवैधानिक व्यक्तिबाट सरकारी स्रोतसाधनको प्रयोग नगएको तथा कुनै आयोजनामा सवारी साधन पार्टीका गतिविधिमा प्रयोग नगरिएको जनाएको छ ।

वि.सं.२०७५ कात्तिक २० मंगलवार १५:३० मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...