back
CTIZAN AD

कार्यक्रम दराजमा थन्काउन नभई कार्यन्वयन गर्न

वि.सं.२०७५ कात्तिक २० मंगलवार

570 

shares

२० कात्तिक, ललितपुर । प्रदेश नं– ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नीति तथा योजना आयोगले बनाउने कार्यक्रम दराजमा थन्काउन नभएर तत्काल कार्यन्वयन गर्न हुनुपर्ने बताएको छ ।

आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा हरेक काम व्यवस्थित र पारदर्शी बनाउनुपर्नेमा उनले जोड दिए । प्रदेश सरकार स्थापना भएको छोटो समय भए पनि जनताको अपेक्षा धेरै भएको मख्यमन्त्री पौडेलले बताए । उनले भने, “हामीलाई मत दिएर जिताएकाले हामीसँग आशा गर्नु स्वभाविक हो ।”

सङ्घ र स्थानीय सरकारको सहयोग नभइ प्रदेश सरकार एक्लैले केही गर्न नसक्ने मख्यमन्त्री पौडेलले बताए । अहिले धेरै विषयमा समन्वय भएको छैन । उनले भने, “सङ्घीय सरकारले प्राविधिक विद्यालय स्थापना, १५ श्याको अस्पताल स्थापना भनेपनि हामीसँग कुनै छलफल भएको छैन ।”

प्रदेशसभा सदस्य अष्ठलक्ष्मी शाक्यले योजना समेटेर अवधारणापत्र बनाउन ढिलाइ गर्न नहुने बताए । यहाँ भएका सम्भावनाका आधारमा यो प्रदेशले सबैलाई उछिन्न सक्नेछ भन्दै उनले देश विकास गर्नका लागि सत्तामा भएका मात्रै नभएर सबै मिलेर लाग्नुपर्ने धारणा व्यक्त गरे । उनले भने, “यतिका व्यवस्थान परिवर्तन गर्नसक्ने हामीले देश बनाउन सक्नुपर्छ ।”

आयोगले बनाएको विज्ञ टोलीका समूह नेता डा पिताम्बर शर्माले यो प्रदेशमा कृषि र उद्योग दुबैमा सम्भावना रहेको बताए । विज्ञ पूर्णचन्द्र भट्टराईले रसुवा जस्ता कम विकसित जिल्ला र काठमाडौँ लगायतका जिल्लामा साक्षर जनसङ्ख्याको अनुपातमा धेरै अन्तर भएको बताए । अर्का विज्ञ शोभा लामाले सामाजिक सुरक्षा सेवाग्राहीको एकीकृत अभिलेखको आवश्यकता औंलाए ।

चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमको समीक्षासँगै आगामी वर्षका लागि योजना तथा कार्यक्रम छनोटका विषयमा सो कार्यक्रममा छलफल भएको हो । प्रदेश नं– ३ को आवधिक योजना तर्जुमका लागि प्रदेशसभा सांसद, स्थानीय सरकार र विज्ञलगायतका बीचमा छलफल भएको थियो ।

वि.सं.२०७५ कात्तिक २० मंगलवार १५:३६ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...