back

कार्यक्रम दराजमा थन्काउन नभई कार्यन्वयन गर्न

वि.सं.२०७५ कात्तिक २० मंगलवार

264 

shares
GLOBAL IME AD
NTC AD

२० कात्तिक, ललितपुर । प्रदेश नं– ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नीति तथा योजना आयोगले बनाउने कार्यक्रम दराजमा थन्काउन नभएर तत्काल कार्यन्वयन गर्न हुनुपर्ने बताएको छ ।

आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा हरेक काम व्यवस्थित र पारदर्शी बनाउनुपर्नेमा उनले जोड दिए । प्रदेश सरकार स्थापना भएको छोटो समय भए पनि जनताको अपेक्षा धेरै भएको मख्यमन्त्री पौडेलले बताए । उनले भने, “हामीलाई मत दिएर जिताएकाले हामीसँग आशा गर्नु स्वभाविक हो ।”

सङ्घ र स्थानीय सरकारको सहयोग नभइ प्रदेश सरकार एक्लैले केही गर्न नसक्ने मख्यमन्त्री पौडेलले बताए । अहिले धेरै विषयमा समन्वय भएको छैन । उनले भने, “सङ्घीय सरकारले प्राविधिक विद्यालय स्थापना, १५ श्याको अस्पताल स्थापना भनेपनि हामीसँग कुनै छलफल भएको छैन ।”

प्रदेशसभा सदस्य अष्ठलक्ष्मी शाक्यले योजना समेटेर अवधारणापत्र बनाउन ढिलाइ गर्न नहुने बताए । यहाँ भएका सम्भावनाका आधारमा यो प्रदेशले सबैलाई उछिन्न सक्नेछ भन्दै उनले देश विकास गर्नका लागि सत्तामा भएका मात्रै नभएर सबै मिलेर लाग्नुपर्ने धारणा व्यक्त गरे । उनले भने, “यतिका व्यवस्थान परिवर्तन गर्नसक्ने हामीले देश बनाउन सक्नुपर्छ ।”

आयोगले बनाएको विज्ञ टोलीका समूह नेता डा पिताम्बर शर्माले यो प्रदेशमा कृषि र उद्योग दुबैमा सम्भावना रहेको बताए । विज्ञ पूर्णचन्द्र भट्टराईले रसुवा जस्ता कम विकसित जिल्ला र काठमाडौँ लगायतका जिल्लामा साक्षर जनसङ्ख्याको अनुपातमा धेरै अन्तर भएको बताए । अर्का विज्ञ शोभा लामाले सामाजिक सुरक्षा सेवाग्राहीको एकीकृत अभिलेखको आवश्यकता औंलाए ।

चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमको समीक्षासँगै आगामी वर्षका लागि योजना तथा कार्यक्रम छनोटका विषयमा सो कार्यक्रममा छलफल भएको हो । प्रदेश नं– ३ को आवधिक योजना तर्जुमका लागि प्रदेशसभा सांसद, स्थानीय सरकार र विज्ञलगायतका बीचमा छलफल भएको थियो ।

वि.सं.२०७५ कात्तिक २० मंगलवार १५:३६ मा प्रकाशित

पेट्रोलियम पदार्थको आयात पाइपलाइनबाट सुरु

पेट्रोलियम पदार्थको आयात पाइपलाइनबाट सुरु

बागमती । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनबाट नियमित आयात...

वन र निकुञ्ज क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चनाखो बन्न आग्रह

वन र निकुञ्ज क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चनाखो बन्न आग्रह

चितवन । गर्मी समय सुरू भएसँगै निकुञ्ज र वन क्षेत्रमा...

हत्या गरी फरार अभियुक्तलाई पक्राउ गर्न माग

हत्या गरी फरार अभियुक्तलाई पक्राउ गर्न माग

बारा । दुई साताअघि यहाँको कलैया उपमहानरपालिका–१ बैंक रोडस्थित नवजन्म...

पर्यटक भित्र्याउन सडक निर्माण

पर्यटक भित्र्याउन सडक निर्माण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल मुना मालिका...

कर्णाली नदीको बगरमा प्याजखेती गर्दै किसान

कर्णाली नदीको बगरमा प्याजखेती गर्दै किसान

टीकापुर । कैलालीको टीकापुर–८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती...

किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ...