back
CTIZAN AD

तिहारको रौनकले छोएन खोप्री गाउँलाई

वि.सं.२०७५ कात्तिक २२ बिहीवार

588 

shares

२२ कात्तिक, जुम्ला । नेपाली हिन्दू धर्मावलम्बीको दोस्रो महान् पर्व तिहारले नेपालभर रमझम गराउँदा तिला गाउँपालिका–९ जुम्लाको खोप्री गाउँवासीमा भने यो पर्वको कुनै रौनक छैन ।

यतिखेर त्यहाँका समुदायले वर्षेबाली भण्डार गरिसके पनि अहिले उनीहरू चिसोबाट गाईवस्तुलाई जोगाउन घाँसपात जम्मा गर्ने र हिउँदे समयका लागि दाउरा तथा स्याउला सोत्तर जोहो गर्न तल्लिन छन् । निरन्तर आफ्नो काममा तल्लीन उनीहरुको दीपावली गाउँ शहरको जस्तो छैन ।उक्त गाउँपालिकाको प्रशासनिक केन्द्रबाट पाँच र जुम्ला सदरमुकामबाट ११ घण्टा पैदलयात्रा हिँड्नुपर्छ ।

अहिलेसम्म दीपावली गर्ने, देउसी–भैलो खेल्ने कोही पनि त्यहा नपुगेको स्थानीयवासी बलवीर थापाले बताए । “हामीले आजका दिनसम्म देउसी, भैलीको सगुन कसैलाई दिनसम्म पाएका छैनौैँ”, उनले भने, “न त्यहाँ अहिलेसम्म देउसी भैलो गएका छन् न त भोट माग्ने राजनीतिक दलका नेताहरु नै आउँछन् ।”

उनको गुनासो थियो “प्रकृतिले खोप्रीवासीलाई ठगेकै थियो अझै त्यसमा वर्षमा एक पटक आउने पर्व दीपावलीको मनोरञ्जन साटासाट गर्नसमेत पाउँदैनौँ । बाउन्न घरधुरी रहेको हाम्रो अवस्था के छ भन्ने बुझ्नसमेत अहिलेसम्म राज्यका कुनै पदाधिकारी आइपुगेका छैनन् । ”

अर्का स्थानीयवासी कालीबहादुर थापाले भने, “हाम्रा निम्ति राज्य चरीको दूतजस्तै भएको छ । सरकार कहाँ छ न हामीलाई थाहा छ, हामी कहाँ छौँ न सरकारलाई वास्ता छ ।” राजनीतिक, सामाजिक र शैक्षिक निकायमा यहाँको मान्छे उच्च पदमा नपुगेकाले आजसम्म आफूहरु उपेक्षित भएको र विकासका हिसाबले पनि पछि पारिएको उहाँको आरोप थियो ।

सोही स्थान निवासी गोरीकला रावतले पुर्खौंदेखि अन्न उत्पादन र भेडाबाख्रा पालनमै हामीले पसिना बगाएर जीवन गुजारिरहेका छौँ । दीपावलीमा नाच्ने गाउँने भन्ने कुरा आफ्ना लागि धेरै टाढाको विषय भएको बताउनुभयो ।सोही वडाका वडाध्यक्ष अग्नि बोहोराले खोप्रीगाउँ शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत् र सञ्चार सबैमा पछि परेकाले पाँच वर्षभित्र सबै पूर्वाधार जोड्ने योजनाका साथ लागि परेको छु । यसका लागि स्थानीय सरकारका प्रमुख र स्थानीय समुदाय दुवैको सहयोग चाहिने बताए ।

वि.सं.२०७५ कात्तिक २२ बिहीवार १०:३३ मा प्रकाशित

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २...

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक...

दाङमा साढे १० हजार बढी मत बदर

दाङमा साढे १० हजार बढी मत बदर

दाङ । दाङमा साढे १० हजार बढी मत बदर भएको...

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट...

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्ला । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना...

नेप्से परिसूचकमा सकारात्मक सर्किट

नेप्से परिसूचकमा सकारात्मक सर्किट

काठमाडौँ । प्रतिनिधिसभा सदश्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक...