back

आज तिहारको चौथो दिन, गाई, गोरु र गोवद्र्धन पूजा गरेर मनाइदैं

वि.सं.२०७५ कात्तिक २२ बिहीवार

318 

shares

२२ कात्तिक, काठमाडौँं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवद्र्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।

गोवद्र्धन पूजा

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी कृषक एवं हलीलाई पनि आज पूजा गर्ने गरिन्छ ।

वि.सं.२०७५ कात्तिक २२ बिहीवार १०:४८ मा प्रकाशित

उद्योग वाणिज्य तथा करार र देवानी सम्बन्धी विवाद समाधान सम्बन्धी सम्मेलन काठमाडौमा सुरु

उद्योग वाणिज्य तथा करार र देवानी सम्बन्धी विवाद समाधान सम्बन्धी सम्मेलन काठमाडौमा सुरु

काठमाडौं । नेपालमा पहिलोपटक उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी...

पत्रकार महासंघ पर्वतमा थापा,  तनहुँमा पौडेल विजयी

पत्रकार महासंघ पर्वतमा थापा, तनहुँमा पौडेल विजयी

पर्वत । नेपाल पत्रकार महासङ्घ पर्वत शाखाको अध्यक्षमा लक्ष्मीप्रसाद सापकोटा...

पत्रकार महासङ्घ हुम्लाको अध्यक्षमा रावत

पत्रकार महासङ्घ हुम्लाको अध्यक्षमा रावत

सिमकोट (हुम्ला) । नेपाल पत्रकार महासङ्घ हुम्ला शाखामा राजन रावतको...

नर्सिङलगायतका स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक व्यवस्था गर्न मन्त्रालयको निर्देशन

नर्सिङलगायतका स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक व्यवस्था गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीको...

नेपाली सेनामा विभिन्न पदका लागि ३०१ जना कर्मचारीको माग

नेपाली सेनामा विभिन्न पदका लागि ३०१ जना कर्मचारीको माग

काठमाडौँ । नेपाली सेनामा विभिन्न प्राविधिक पदहरूका लागि भर्ना खुलेको...

नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म चम्किलो धागो बनेर रहेको छ : प्रधानमन्त्री ओली

नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म चम्किलो धागो बनेर रहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा...