back
CTIZAN AD

दक्षिण अफ्रिकामा आगामी मेमा निर्वाचन हुने

वि.सं.२०७५ कात्तिक २२ बिहीवार

585 

shares

२२ कात्तिक, जोहानेसबर्ग, दक्षिण अफ्रिका । एएफपी दक्षिण अफ्रिककामा देखिएको अर्थतन्त्रलाई लिएर यहाँका नागरिकमा व्यापक असन्तुष्टि देखिएपछि आगामी बर्षको मे महिनामा निर्वाचन गरिने भएको यहाँका अधिकारीहरूले बुधबार जनाएका छन् ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा र उहाँको सत्ताधारी दल, अफ्रिकन नेशनल कङ्ग्रेस (एएनसी)ले कमजोर अर्थतन्त्रलाई लिएर देखाएको मतदाताको बढ्दो असन्तुष्टिलाई सम्बोधन गर्न निर्वाचनबाट जनमत लिने एएनसीले निर्णय गरेको हो । यद्यपि राष्ट्रपतिद्वारा निर्वाचनको औपाचारिक घोषणा भने आगामी फेब्रुवरीमा गर्ने तयारी रहेको एएनसीले जनाएको छ ।

सन् १९९४ आएको नेल्सन मण्डेलाको नेतृत्वमा आएको राजनीतिक एवम् सामाजिक परिवर्तनपछि सत्तामा रहेको एएनसीले सन् २०१६ को स्थानीय निर्वाचनमा नराम्रो नतिजा ल्याएको थियो । स्थानीय निर्वाचनमा आएको खराब मत परिणामपछि लामो समयदेखि सत्ताको नेतृत्व गरेका ज्याकोब जुमालाई भ्रष्टाचार आरोपमा सत्ताबाट हट्न बाध्य पारिएको थियो । जुमामाथि सत्तारूढ एएनसीले राजीनामा नदिए सदनमा महाभियोग लगाउने चेतावनी दिएपछि उहाँले राजिनामा दिएका थिए ।

जुमाले राष्ट्रपतिबाट राजिनामा दिएपछि करिब नौ महिना पहिले धर्मराउँदो अर्थतन्त्र, विभाजित पार्टी र भ्रष्टाचारसँग जुध्नुपर्ने मुख्य चुनौती देशका सामु रहेको र यसमा आफ्नो महत्वपूर्ण भूमिका रहने उद्घोषसँगै रामाफोसा नयाँ राष्ट्रपतिको रूपमा नियुक्त हुनु भएको थियो ।

दक्षिण अफ्रिकाको रंगभेदी शासनको विरोध गर्दा पटकपटक जेल पनि पर्नु भएका उहाँ सन् १९९० मा सर्वोच्च नेता नेल्सन मण्डेलालाई जेल मुक्त गर्न गठित समितिमा अध्यक्ष हुनुहुन्थ्यो ।

सन् २०१४ मा भएको संसदीय निर्वाचनमा एएनसीले ६२ प्रतिशत मत ल्याएको थियो भने प्रतिपक्षी समूहको डेमोक्रेटिक अलाइन्सले २२ र दक्षिण अफ्रिकी बामपन्थी दल इएफएफले छ प्रतिशत मत ल्याएको थियो ।

वि.सं.२०७५ कात्तिक २२ बिहीवार ११:०१ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...