back

शङ्खधर साख्वा : न्याय र समानताका अभियान्ता– प्रधानमन्त्री

वि.सं.२०७५ कात्तिक २२ बिहीवार

297 

shares
GLOBAL IME AD
NTC AD

२२ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत्का प्रवर्तक,राष्ट्रिय विभूति शङ्खधर शाख्वाः न्याय र समानताका अभियन्ता भएको बताएका छन् ।

नेपाल संवत् ११३९को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै आज जारी गरेको शुभकामना सन्देशमा उनले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले शाख्वाः कै योगदानका कारण नेपालको मौलिक संवत् नेपाल संवत् प्रचलनमा आएको बताउँदै प्रधानमन्त्रीले उहाको योगदान आज पनि नेपाली समाजमा उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन् ।

नेपाल संवत् प्रारम्भको घटना नै प्रेरणादायी भएको उल्लेख गर्दै “शंखधर शाख्वाःले ११३९वर्ष अघि ऋणमा बाँधिएका गरिब किसानहरूलाई आफ्नै सम्पत्ति खर्च गरेर ऋणबाट मुक्त गराएका थिए । त्यही बेलादेखि सुरु भएको नेपाल संवत्ले हामीलाई हरेक वर्ष नेपाली संस्कृतिमा विद्यमान परोपरकारी भावनाको बारेमा बताउदै आएको छ, ”प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् ।

साथै उनले नेपाली समाजको गौरवशाली विगत र मूल्यमान्यतालाई अक्षुण्ण राख्नसमेत यो संवत्ले हामीलाई झक्झक्याउदै आएको बताएका छन् ।

शङ्खधर शाख्वाःले ऋणमा डुबेर दासत्व जीवन बिताइरहेका सर्वसाधरणलाई ऋणबाट मुक्त गराइ स्वतन्त्रता दिलाए कै कारण उनी शताब्दीऔं पछि पनि नेपालीको मानसपटलमा बस्न सफल भएको प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख गरेका छन् ।
‘काठमाडौँ उपत्यकामा समाज सुधारका लागि आफूलाई समर्पित गर्ने ,नेपाल संवत्का प्रवर्तक,समाज सुधारक तथा प्रगतिशील व्यक्तित्व शङ्खधर साख्वाको विशेष स्मरण गर्न चाहन्छु’ प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।

वि.सं.२०७५ कात्तिक २२ बिहीवार ११:५९ मा प्रकाशित

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन...

आज अन्तरराष्ट्रिय दाल दिवस

आज अन्तरराष्ट्रिय दाल दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा...

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

काठमाडौँ । बालक अपहरण गरी बन्धक बनाउने कार्यमा संलग्न रहेको...

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । ओखलढुंगामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा...

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने...

वालिङमा महिलालाई बीउ पाठी उपहार

वालिङमा महिलालाई बीउ पाठी उपहार

काठमाडौँँ । स्याङ्जाको वालिङ नगरपालिका–५ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको...