back

अमेरिकामा मुख्यमन्त्री राईलाई स्वागत तथा सम्मान

वि.सं.२०७५ कात्तिक २२ बिहीवार

261 

shares
GLOBAL IME AD
NTC AD

अमेरिका पुगेका प्रदेश नं १ का मुख्यमन्त्री शेर धन राईलाई स्वागत तथा सम्मान गरिएको छ ।
आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) र प्रवासी नेपाली मंच अमेरिकाको संयुक्त आयोजनामा सत्यनारायण मन्दिर ७५–१५ उडसाइड ऐभेन्यु, एल्महस्ट न्यूयोर्कमा बुधबार आयोजित सम्मान कार्यक्रम प्रवासी नेपाली मंच अमेरिकाका वरिष्ठ उपाध्यक्ष टेक गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा मुख्यमन्त्री राईले आफू उपचारका लागि थाइल्याण्ड गएको बताउदै सोहि क्रममा व्यक्तिगत रुपमा अमेरिका भ्रमणमा आएको बताएका थिए ।

राईले मन्तव्यका क्रममा आजको सूचना प्रविधिले संसार साँघुरो बनाएको बताउँदै अमेरिकाका नेपालीहरु देशमा घटिरहेका गतिबिधिमा जानकार भएको तथा कार्यक्रममा वक्ताहरुले तर्कयुक्त रुपमा आफ्ना विचार भावना राखेको बताए ।


मुख्यमन्त्री राईले यतिबेला देश संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको जगमा उभिएको बताउँदै नेपालको इतिहासमा पहिलोपटक जनताले चुनेको प्रतिनिधिहरुको हातबाट देशको मुल कानुन लेख्ने काम गरेको र जनप्रतिनिधिहरुले नेपाली जनतालाई पहिलोपटक देशका मालिक बनाएको तथा जनतालाई अधिकार तथा शक्तिसाली बनेको घोषणा यस संविधानमार्फत गरिएको समेत बताए ।

‘संविधानका सबै भागहरु, धारा र उपधाराहरु पढ्दै गर्दा निश्चय नै कमि कमजोरी र अपुरा तथा अधुरा कुराहरु त्यहाँ देखिन्छन् । तर, हामीले सकेसम्म राम्रो संविधान जारी गरेका छौं भन्दै पनि आएका छौं,’ मुख्मन्त्री राईले भने, ‘हो, अधुरा अपुरा कुराहरुलाई कुनै पनि बेला संशोधन गर्न सकिने ढोका खुला राखेर अधिकतम लचक संविधान बनाएको कुरा पनि हामीले भन्दै आएका छौं ।’

मुख्यमन्त्री राईले ंसंविधान जारी गर्दै गर्दा भएका बहसहरु तथा संविधान जारी भइसकेपछि व्यक्त भएका क्रिया प्रतिक्रियाहरु र अहिलेसम्म संविधानलाई कार्यान्वयन गर्दै गर्दा सबैले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई स्वीकार्दै त्यसको जगमा उभिएर सिंगो देश र राजनीतिक दलहरु एक ठाउँमा उभिएर अगाडि बढेको बताएका थिए ।

 

मुख्यमन्त्री राईले थाइल्याण्डमा आफ्नो उपचार र अमेरिका भ्रमणका बारेमा बोल्दै केही वर्ष देखि आफूले रोगसँग संघर्ष गरिरहेको तथा नेपालमा निरन्तर उपचार गरेपनि त्यस रोगको अहिले सम्म पनि पहिचान हुन नसकेका कारण बैंककमा उपचार गराउन आएको बताएका थिए । आफूले उपचार गराएको बुम्रुन गार्ड अस्पताल बैंककले नोभेम्बर १२ तारिख मात्रै रिर्पोट दिने जानकारी गराएपछि केही दिनका लागि निजी भ्रमणका लागि अमेरिका आएको बताएका थिए ।

सो अवसरमा जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, जनमञ्च अमेरिकाका अध्यक्ष अग्नि राई, एनआरएनए अमेरिकाका क्षेत्रिय सहसंयोजक नविन शेरचन, प्रवासी नेपाली मंच अमेरिकाका पूर्वअध्यक्ष संजय थापा, संघीय समाज अमेरिकाका केन्द्रीय सचिव लोक चेम्जोङ, नेपाल सरकारका प्रतिनिधि कृशु क्षेत्री, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष मान बहादुर रानाले लगायतले विभिन्न विषयमा आफ्ना भनाई राखेका थिए ।


सोहि कार्यक्रममा इन्टरनेशनल मार्सल आर्टस एसोसियसन न्युयोर्कका पर्खि राईलाई सम्मान समेत गरिएको थियो ।

वि.सं.२०७५ कात्तिक २२ बिहीवार १५:४८ मा प्रकाशित

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

काठमाडौं । युक्रेनी सेनाको कब्जामा परेका दुई नेपालीको सकुशल उद्धार...

प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटीले  प्रशिक्षणात्मक अन्तरक्रिया गर्ने

प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटीले  प्रशिक्षणात्मक अन्तरक्रिया गर्ने

काठमाडौँ । ‘सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली’ नाराका साथ...

नर्वेमा मनाइयो सोनाम ल्होसार

नर्वेमा मनाइयो सोनाम ल्होसार

प्रेम परियार, ओस्लो, नर्बे । तामाङ समाज नर्बेद्वारा आयोजित मंजुश्री...

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

अमेरिका । सिनेमेटोग्राफर सम्राट कार्की लाई ‘कम्युनिटी मिडिया अवार्ड २०२५’...

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

काठमाडौं । नेपलिज कम्युनिटी पार्दो पोर्चुगलले मृतकका परिवारलाई आर्थिक सहयोग...

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

प्रेम परियार, नर्वे । मगर संघ नर्वेले यही २०२५ जनवरी...