back

युनाइटेड किराँत राई अर्गनाइजेशन न्यूर्योकद्धारा धावक राई सम्मानित

वि.सं.२०७५ कात्तिक २२ बिहीवार

249 

shares
GLOBAL IME AD
NTC AD

युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिका न्यूयोर्क च्याप्टरले म्याराथन धावक सन्तोष राईलाई सम्मान गरेको छ ।
कलाकार संघ अमेरिकाका अध्यक्ष सुमन थापाको प्रमुख आतिथ्यतामा न्युयोर्कको ज्याक्सन हाइटमा सम्पन्न सम्मान कार्यक्रममा धावक राईलाई प्रमुख अतिथि थापाले फूलको गुच्छा दिएर स्वागत गरेका थिए । साथै संस्थाका केन्द्रीय सदस्य सुख राज राईले राईहरुको झण्डा दिएर सम्मान गरेका थिए ।


त्यसैगरी वरिष्ठ समाजसेवी हेम थापा र श्रीमती माया थापा तथा विभिन्न संघ संस्थाका अध्यक्षहरुले धावक राईलाई खादा ओडाएर सम्मान गरेका थिए ।

सोहि क्रममा प्रमुख अतिथि थापाले धावक राईले म्याराथनका माध्यमबाट नेपाल र नेपालीको नाम राख्न सफल भएकोमा बधाई तथा शुभकामना दिएका थिए ।


त्यस्तै सस्थाका केन्द्रीय सदस्य सुख राज राईले स्वागत मन्तव्य दिदैं धावक राईलाई निरन्तरताको कामना सहित शुभकामना व्यक्त गरेका थिए भने वरिष्ठ समाजसेवी हेम थापा र श्रीमती माया थापाले सन्तोष राई उदाहणीय तथा नमुना व्यक्ति भएको बताएका थिए ।

त्यस्तै गायक भुवन सोप्तिहाङ राईले धावक राईले नेपाल र नेपालीले गर्व गर्ने काम गरेको बताएका थिए भने झंकार डान्सर सेन्टरका कोरियोग्राफर धर्मविर लामाले स्पोर्टमा निरन्तर लाग्नु सजिलो नभएको बताए ।
नेपाल–अमेरिका डान्सर सेन्टरका कोरियो ग्राफर रमेश शुनुवारले धावक राइले नेपाल र नेपालीको नाम अमेरिकामा मात्र नभएर धेरै देशमा फैलाएको बताउँदै राईलाई बधाई दिएका थिए ।
यसैगरी ग्यालसुम्दो सेवा संस्थाका अध्यक्ष राप्के लामाले भविष्यमा अन्य देशमा पनि पुगेर नेपाल र नेपालीको नाम चिनाउन भन्दै शुभकामना दिएका थिए ।


सोहि अवसरमा धावक राईले आफू मात्र नभएर परिवार नै यस क्षेत्रमा लागेको बताउँदै अन्य नेपालीलाई पनि यसमा भाग लिन अनुरोध गरेका थिए । दौडमा भाग लिँदा शरीरलाई पनि फाइदा हुने उनले बताए । उनले सम्मान गर्नुहुने र हौसला दिनुहुने सम्पूर्णमा आभार व्यक्त गरेका थिए ।


त्यस्तै युनाईटेड किराँत राई अर्गनाइजेशन अमेरिकाका सभापति विष्णु राईले पनि बधाई दिएका थिए ।

धावक राईले दुईवर्ष भित्र विश्वको ६ देशमा प्रमुख म्याराथन पूरा गर्ने लक्ष्य लिएका छन् । उनी मार्च २०१९ मा जापानको टोकियोमा पहिलो नेपाली धावकको रुपमा प्रतिनिधित्व गर्दैछन् ।

वि.सं.२०७५ कात्तिक २२ बिहीवार १६:४० मा प्रकाशित

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

काठमाडौं । युक्रेनी सेनाको कब्जामा परेका दुई नेपालीको सकुशल उद्धार...

प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटीले  प्रशिक्षणात्मक अन्तरक्रिया गर्ने

प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटीले  प्रशिक्षणात्मक अन्तरक्रिया गर्ने

काठमाडौँ । ‘सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली’ नाराका साथ...

नर्वेमा मनाइयो सोनाम ल्होसार

नर्वेमा मनाइयो सोनाम ल्होसार

प्रेम परियार, ओस्लो, नर्बे । तामाङ समाज नर्बेद्वारा आयोजित मंजुश्री...

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

अमेरिका । सिनेमेटोग्राफर सम्राट कार्की लाई ‘कम्युनिटी मिडिया अवार्ड २०२५’...

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

काठमाडौं । नेपलिज कम्युनिटी पार्दो पोर्चुगलले मृतकका परिवारलाई आर्थिक सहयोग...

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

प्रेम परियार, नर्वे । मगर संघ नर्वेले यही २०२५ जनवरी...