back
CTIZAN AD

युनाइटेड किराँत राई अर्गनाइजेशन न्यूयोर्कले तिहार मनायो

वि.सं.२०७५ कात्तिक २२ बिहीवार

585 

shares

युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिका न्यूयोर्क च्याप्टरले तिहार मनाएको छ ।
न्यूयोकर्कको ज्याक्सन हाइटमा सम्पन्न उक्त तिहार कार्यक्रम ३ चरणमा सम्पन्न भएको थियो ।
दन्डु शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा शेर्पाले नेपालमा नयाँ संविधान बनेको र सबै नेपालीको समान अधिकारका लागि संविधान शंसोधन आवस्यक रहेको बताए ।


त्यस्तै सिंगापुर पुलिस फोर्सका सबइन्सपेक्टर पथ्थरमान राईले तिहारको अवसरमा सबैसँग भेटघाट हुने अवसर पाएको भन्दै खुसी व्यक्त गरेका थिए भने युनाइटेड किराँत राईका केन्द्रीय सदस्य सुखराज राईले संस्थाले न्यूयोर्कमा मात्र नभएर अमेरिकाभरी दिपावली मनाउदै गरेको बताएका थिए । उनले केन्द्रीय सदस्यका हैसियतले न्यूयोर्क च्याप्टरका सम्पूर्ण पदाधिकारीहरुमा दीपावलीको शुभकामना समेत व्यक्त गरेका थिए ।


त्यस्तै इन्टरनेशनल मार्शल आर्टश एसोसियसनका न्यूयोर्कका सञ्चालक पर्खि खालिङ राईले तिहारको रमाइलो पर्व भएको बताउँदै खेलकुद पनि स्वास्थ्यका लागि राम्रो भएको बताए ।
कार्यक्रममा युनाइटेड किराँत राई अर्गनाइजेशनका निमन्त्रणमा सिकाकोबाट विशेष अतिथिको रुपमा उपस्थिति गायक भुवन सुप्तिहाङ राईले वर्षमा एकपटक आउने चाड तिहारमा आफन्त, दाजुभाई तथा पाहुनाहरुसँग भेटघाट गर्ने रमाइलो अवसर दिएकोमा संस्थाका पदाधिकारीहरुलाई धन्यवाद दिएका थिए ।
सोहि अवसरमा विशेष अतिथि जया राईले तिहारको बारेमा आफ्ना भनाई राख्दै भावि सन्ततीलाई पनि तिहारको विषयमा बुझाउन जरुरी रहेको बताइन् ।

अन्त्यमा संस्थाका सभापति केशवराम राईले सबैलाई धन्यवाद दिएका थिए ।

के.डी राईको सञ्चालनमा सम्पन्न कार्यक्रममा युकेबाट उपस्थित म्याराथन धावक सन्तोष राई, सिभिल इन्जिनियर गगन राई सन अफ पत्थर राई, सहयोगी तनु लिम्बुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा गायक भुवन सुप्तिहाङ राई, गायक विपिन राई,मिङमा शेर्पा र ओम श्रेष्ठले गीत गाएर रमाइलो गरेका थिए । दोश्रो चरणको कार्यक्रम विभागीय प्रमुख विपिन राईको सञ्चालनमा सम्पन्न भएको थियो ।

वि.सं.२०७५ कात्तिक २२ बिहीवार १७:०३ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...