back
CTIZAN AD

‘मौलिकता जोगाउन सकेमात्र भावी पुस्ताप्रति न्याय’

वि.सं.२०७५ कात्तिक २३ शुक्रवार

543 

shares

२३ कात्तिक, बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले तिहार नेपालीको मौलिक पर्व समय बदलिएसँगै यसको मौलिकता हराउँदै जान थालेकाले मौलिकता जोगाउन सक्दा मात्रै भावी पुस्ताप्रति न्याय हुने बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले सांस्कृतिक पर्वहरूले समाजमा सद्भाव, भातृत्व र मेलमिलाप बढाउँदै सबैलाई एकताको सूत्रमा बाँधेका बताउँदै तिहारले पनि समाजमा सद्भाव बढाउन भूमिका खेल्दै आएको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले दीपावली अर्थात् तिहारको अवसरमा दिएको शुभकामना सन्देशमा परिवारिक मिलन र सामाजिक सद्भाव बढाउन हाम्रा पर्वहरूले भूमिका खेलिरहेका र पर्वले दिएका यी अवसरलाई प्रयोग गर्न सक्दा मात्रै समाज सही दिशामा अघि बढ्न सक्ने उल्लेख गरेका छन् ।

उनले अहिले पर्वमा तडकभडक बढ्न थालेको प्रति चिन्ता व्यक्त गर्नुहुँदै तिहारलाई तडकभडक ढङ्गले नभई मौलिक पहिचान जोगाउँदै मनाउन प्रदेशवासी सम्पूर्ण जनतामा अपिल समेत गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले दिएको सन्देशमा आफू नेतृत्वको प्रदेश सरकार प्रदेशको विकास र समृद्धिका माध्यमबाट सिङ्गो राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेका बताउँदै समृद्ध प्रदेशका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनीतिक दल, समुदाय, सङ्घ संस्था र आम नागरिकमा अपिल समेत गरेका छन् ।

वि.सं.२०७५ कात्तिक २३ शुक्रवार ०८:१७ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...