back
CTIZAN AD

खुम्बु भ्रमण आएका अष्ट्रियाली र युक्रेनी नागरिकको मृत्यु

वि.सं.२०७५ कात्तिक २३ शुक्रवार

684 

shares

२३ कात्तिक, सोलुखुम्बु । खुम्बु भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु भएको छ । सगरमाथा क्षेत्र भ्रमणमा आएका अष्ट्रिया र युक्रेनी नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको इम्चाचे हिमाल आरोहण गरी आइलमपिक हँुदै फर्कने क्रममा डोरीबाट चिप्लिएर झर्दा अष्ट्रियाकी २९ वर्षीया जिल समसी भेराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिएका छन् । उनी कात्तिक १० गते पाँच जनाको टोलीसहित खुम्बु भ्रमणमा आएकी थिइन् ।

यसैबीच, युक्रेनी पुरुष नागरिक ४८ वर्षीय एक्सम्यान्स्को खोम्यान्को सेहीको पनि आजै मृत्यु भएको छ । खुम्बु भ्रमणमा आएका खोम्यान्को खुम्बुकै बैङ्करस्थित लालीगुँरास होटलमा बास बसेर मञ्जु भन्ने स्थानमा झर्ने क्रममा मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

विहिबार बिहान करीब ११ः५५ को समयमा श्रीमतीसमेत सँगै भएको बेला अचानक मृत्यु भएको बताइएको छ । मृतकको शव लुक्ला ल्याई आवश्यक कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि काठमाडाँै लगिएको छ ।

वि.सं.२०७५ कात्तिक २३ शुक्रवार ०८:२१ मा प्रकाशित

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार...

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

काठमाडौँ । यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति...

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

टीकापुर (कैलाली) । कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकाले...

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा...