back

ओलम्पिक छनोट : नेपाल र भारतबीचको खेल बराबरी

वि.सं.२०७५ कात्तिक २३ शुक्रवार

261 

shares
GLOBAL IME AD
NTC AD

२३ कात्तिक, काठमाडौँ । ओलम्पिकको एशियाली महिला फुटबल छनोटको प्रारम्भिक चरणअन्तर्गत विहिबार भएको नेपाल र भारतबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ ।

म्यानमाको याङगोनस्थित थुवुन्ना रङ्गशालामा भएको समूह ‘सी’ अन्तर्गतको पहिलो खेलमा दुवै टोलीले बराबरी खेल्दै अङ्क बाँडेका छन् । खेलमा पहिलो अग्रता भने नेपालले लिएको थियो । खेलको ११आँै मिनेटमा नेपाली टोलीकी कप्तान नीरु थापाले गोल गर्दै सुरुवाती अग्रता लिएकी थिइन् ।

त्यस्तै खेलको पहिलो हाफको ३७औँ मिनेटमा भारतले एक गोल गर्दै खेललाई एक÷एक गोलको बराबरीमा ल्यायो । भारतका लागि कमलादेवी युम्नामले गोल गरिन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दोस्रो हाफमा भने गोल हुन सकेन । दुवै टोलीले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न सकेका थिएनन् ।

यस खेलसँगै नेपाल र भारतले एक÷एक अङ्क जोडेका छन् । भारतविरुद्धको खेलमा नेपालको यो दोस्रो बराबरी हो । यसअघि खेलेको आठ खेलमा नेपाल सात खेलमा पराजित भएको थियो भने एक खेल मात्र बराबरीमा सकिएको थियो ।
सन् २०१६ मा भएको दक्षिण एशियाली खेलकूदको लिग चरणमा नेपाल र भारतको खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो । अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिक खेलकूदअन्तर्गत पहिलो चरणमा एशियाबाट १८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ए’ र ‘बी’ मा पाँच÷पाँच राष्ट्र रहेका छन् भने समूह ‘सी’ र ‘डी’ मा चार÷चार टोली छन् ।
प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउने छन् । तेस्रो हुने समेत दोस्रो चरण पुग्नेछ । ओलम्पिकको एशियाली छनोटअन्तर्गत नेपाल रहेको समूह ‘सी’मा भारत, म्यानमा र बङ्गलादेश छन् । नेपालले दोस्रो खेल कात्तिक २५ गते म्यानमासँग तथा कात्तिक २७ गते बङ्गलादेशसँग खेल्नेछ ।

वि.सं.२०७५ कात्तिक २३ शुक्रवार ०८:४७ मा प्रकाशित

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

काठमाडौँ । महिला टी-ट्वान्टी श्रृङ्खलाको थाइल्याण्डले जितेको छ । अन्तिम...

टी-ट्वान्टी श्रृङ्खला : थाइल्याण्डविरुद्ध नेपालले ब्याटिङ गर्दै

टी-ट्वान्टी श्रृङ्खला : थाइल्याण्डविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौं । महिला टी-ट्वान्टी श्रृङ्खलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ...

थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका लागि ११० रनको लक्ष्य दियो

थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका लागि ११० रनको लक्ष्य दियो

काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक टि–२० सिरिजमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका...

प्रदेशस्तरीय चेस प्रतियोगिता हुने

प्रदेशस्तरीय चेस प्रतियोगिता हुने

सुन्दरहरैँचा । विराट चेस क्लबको आयोजनामा आगामी फागुन ३ देखि...

अर्जुन ट्रफी क्रिकेट : बुटवल काठमाडौंसित पराजित

अर्जुन ट्रफी क्रिकेट : बुटवल काठमाडौंसित पराजित

फाप्ला (कैलाली) । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा...

ट्वान्टी-२० शृङ्खला : नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै

ट्वान्टी-२० शृङ्खला : नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै

काठमाडौं । नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृङ्खलाको आफ्नो पाँचौं...