back
CTIZAN AD

सलहेश फूलबारी पर्यटकीय क्षेत्रमा नयाँ आयाम थपिने

वि.सं.२०७५ कात्तिक २३ शुक्रवार

606 

shares

लहान । सरकारले पहिचान गरेको नयाँ पर्यटकीय गन्तव्यमा सलहेस फूलबारी परेपछि यस क्षेत्रमा नयाँ आयाम थपिने विश्वास लिइएको छ ।

सिरहा लहान नगरपालिका पडरियास्थित सलहेस फूलबारी सिरहाको प्रमुख पर्यटकीय स्थल छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको १०० नयाँ पर्यटकीय गन्तव्यहरूको सूचीमा सलहेस फूलबारी परेपछि स्थानीयवासी उत्साहित भएका हुन् ।

प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गतेका दिनमात्र फुल्ने फूलको दर्शन गर्न सलहेश फूलबारीमा ठूलो मेला लाग्ने गर्छ । फूलबारीमा रहेको हारमको बोटमा वैशाख १ गतेका दिनमात्र अनौठो फूल फुल्ने र सोही दिनको साँझपख सो फूल ओइलाएर जान्छ ।

सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउँदै सो वर्ष २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित सरकारले नयाँ पर्यटकीय गन्तव्य पहिचान गरेको हो ।

सिरहाको प्रमुख व्यापारिक केन्द्र लहान बजारदेखि ५ किलोमिटर पश्चिम राजमार्गमा पर्ने राजा सलहेशको ऐतिहासिक गाथा बोकेको सलहेश फूलबारी मन्दिरमा नेपाल तथा भारतबाट हजारौँ दर्शनार्थी आउने गरेका छन् ।

राजा सलहेश र उहाँकी पे्रमिका मालिनीको पे्रम प्रतीकका रूपमा करीब १० बिगाहाको प्राचीन फूलबारीको दुई वटा रुखको मध्य भागमा प्रत्येक वर्षको वैशाख १ गते एक जोडी माला देखिने गर्छन् । ती फूलका माला हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा सिमावर्ती भारतीय गाउँबाट सर्वसाधारणको घुइँचो लाग्ने गर्छ ।

सलहेश फूलबारी मेलाको उचित संरक्षण तथा व्यवस्थापन र यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न कुनै पहल नभएको गुनासो उठिरहेका बेला सरकारले सलहेश फूलबारीलाई नयाँ पर्यटकीय गन्तव्यको सूची समावेश गरेपछि स्थानीयवासी खुशी भएका छन् ।

ढिलै भए पनि सरकारले सलहेश फूलबारीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न नयाँ पर्यटकीय गन्तव्यको सूचीमा पारेपछि यसको समग्र विकास हुने विश्वास बढेको स्थानीयवासी तथा पडरिया गाविसका पूर्वअध्यक्ष मागैन कामैत बताउछन् ।

सलहेश तराईका पासवान जातिको इष्टदेव रहेको र तेह्रौँ शताब्दीका लोकनायक भएकाले सलहेशको पूजाअर्चना गर्नाले मनोकाङ्क्षा, सन्तान प्राप्ति, चर्म रोग, कुष्ठ रोगलगायतका रोगब्याधी हरण हुने जनविश्वास रहेको छ । फूलबारीभित्र दुर्लभ जातिका जडीबुटी खोज्न भारतको विहार, पश्चिम बङ्गल, नेपालको सिरहा, सप्तरी, उदयपुर, धनुषालगायत जिल्लाबाट हजारौँको सङ्ख्यामा मानिसहरू यहाँ आउने गर्छन् ।

सलहेश र मालिनीबीच प्रगाढ पे्रम सम्बन्ध रहेको र पे्रम सफल नहुँदा मालिनीले सलहेशको प्रतीक्षा गर्दै वैशाख १ गते फूलको माला लिएर देखापर्ने जनविश्वास रहिआएको छ ।

फूलबारीको मध्यभागमा रहेको मालिनी मन्दिर दक्षिण टाँस्सिएको हारमको रुखको मध्यभागमा फुल्ने माला आकारको फूललाई सलहेशको गाथासँग जोडिन्छ ।

हरेक नयाँ वर्षको दिन फुल्ने यो फूललाई राजा जयवद्र्धन सलहेश र दौना मालिनीको पे्रम प्रतीकका रूपमा लिइने गरिएको मन्दिरका पुजारी वीरदेव धामीको भनाइ छ । युवायुवतीहरू उक्त फूललाई साक्षी राखी प्रणयसूत्रमा समेत बाँधिने गर्छन् ।

बाह्र बिगाहा क्षेत्रफलमा रहेको फूलबारीमा चारैतिर मूल फुटेर पानी बगिरहेको हुन्छ । फूलबारीमा प्रवेश गरेपछि शान्ति र पे्रमको भाव आफैँ उत्पन्न हुने गर्छ । भाकल गर्नेको मनोकामना पूरा हुने विश्वासका साथ भारतीय यहाँ आउने गर्छन् । मेलामा आउने लाखौँ भक्तजनमध्ये ३० प्रतिशत भारतीय दर्शक रहने गरेको अनुमान छ ।

सलहेश फूलबारीमा हारम पाकैर, लावा, सोहरा र विभिन्न जडीबुटी रहेको यस फूलबारीको शीतल जल ग्रहण गरेपछि जस्तोसुकै रिस, क्रोध शान्त हुने गरेको जानकारहरू बताउँछन् ।

यस भेगमा अहिले पनि कुनै धार्मिक अनुष्ठान गर्दा कलश भर्नका लागि सलहेश फूलबारीको पानी प्रयोग गर्नाका साथै हैजा महामारी आउँदा पनि सलहेश फूलबारीको पानी औषधि मानेर खाएपछि निको हुने जनविश्वास छ ।

निःसन्तान महिलाले सलहेश फूलबारीमा दर्शन गरेर सन्तान माग गर्दा सन्तान पाएपछि ती सन्तानको मुण्डन गराउन पनि यहाँ आउने गरेका छन् ।

सिरहाभित्र पूर्व कर्णाटककालीन अवशेष रहेका छन् । यस जिल्लाको मान्यतालाई हेर्ने हो भने अत्यधिक सम्मान पाएका राजा सलहेश दुसाद जातिका कूल देवता भए पनि सबै जातजातिका लागि त्यत्तिकै पूजनीय र सम्मानित रहेको इतिहासविद् हरिकान्तलाल दास बताउछन् ।

वि.सं.२०७५ कात्तिक २३ शुक्रवार ०८:५३ मा प्रकाशित

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

गण्डकी । प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि...

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’  हुँदै, ४५ देशका सेफ दमक आउदै

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुँदै, ४५ देशका सेफ दमक आउदै

दमक । नेपाली सेफहरूको व्यावसायिक दक्षता अभिवृद्धि र मौलिक नेपाली...

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...