back
CTIZAN AD

धार्मिक पर्यटनको सम्भावना बोक्दै भैरव कालिका

वि.सं.२०७५ कात्तिक २३ शुक्रवार

669 

shares

पोखरा । स्याङ्जाको भीरकोट नगरपालिका–५ स्वरेककोटमा रहेको स्याङ्जा भैरव कालिकास्थित भैरव शिलालाई उडेर आएका देवताका रूपमा पूजा गर्ने गरिएको छ ।

स्वरेक र आसपासका सर्वसाधारणले अत्यन्त श्रद्धा र विश्वासका साथ पूजाआजा गर्दै आएको यस तीर्थस्थलको अस्तित्व नेपालका बाइसे चौबीसे राजाका पालादेखि नै रहिआएको पाइएको छ ।

मन्दिर परिसरमा मल्लकालीन समयमा प्रयोग भएका इँटासमेत पाइने भएकाले तिनै इँटाका माध्यमबाट मन्दिर र आसपासको इतिहासको अध्ययन एवम् अनुसन्धान गर्न सक्ने देखिएको छ ।

स्थानीय समाजसेवी एवम् स्वरेक कालिका टोल विकास संस्थाका सचिव शोभाकान्त पाण्डेका अनुसार आश्विन शुक्ल पक्ष (नव दुर्गा) र चैते दशैँका समयमा यस मन्दिरमा विभिन्न भाकलका साथ बलि एवम् सामान्य पूजाका लागि भक्तजन आउने गरेका छन् । मन्दिरमा साउन र माघ महिनाका साथै औँशी, एकादशी तिथिमा भने बलि पूजा हुँदैन । यस तीर्थस्थलमा दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको उनले बताए ।

मन्दिर परिसरस्थित भैरव शिला भूमिगत छ । जमीनको भागबाट केही तल अवस्थित शिला बाटुलो चक्राकार छ । प्रत्येक वर्ष सो शिला एक चक्कर लगाएर स्वस्थानमा नै घुम्ने विश्वास गरिन्छ ।

शिला खाडलमा रहे पनि उक्त खाडलमा पानी भने कहिल्यै नजम्ने गरेको नमूना स्वरेक सहयोगी समाज स्याङ्जाका अध्यक्ष घनश्याम पाण्डेले बताए । भैरवको शक्तिकै कारण पानी नजमेको विश्वास गरिन्छ ।

पाण्डेका अनुसार भैरव वालिङको पेखुबाट उडेर स्वरेक आएको जनविश्वास छ । उडेर आएका भैरवलाई फर्काउन पेखुवासी स्वरेक पुगे पनि भैरव शिला झन झन अझैँ गह्रौँ हुँदै जमीनमा गढ्दै गएछन् । त्यसै बेलादेखि पेखुका ठकुरीले त्यहाँस्थित धारापानीको पानी नपिउने प्रचलन पनि छ भने भैरव कालिका मन्दिरमा अहिले पनि धारापानीको पानी नल्याई पूजा चल्दैन । भैरव फिर्ता गर्न आएका पेखुवासीलाई स्वरेकका पङ्गेनीहरूको अगुवाइमा रोक्न खोजिएको विषय पनि जनजिब्रोमा कायमै रहेको उनले बताए ।

त्यसै बेलादेखि पङ्गेनीहरूले छाङ्छाङ्दीको पानी नपिउने गरेको अर्को किंवदन्ती पनि छ । मन्दिरमा आश्विन शुक्ल अष्टमीको मध्यरातमा गरिने कालरात्रीको पूजामा पङ्गेनी थरका व्यक्ति अनिवार्य उपस्थित हुने चलनसमेत छ ।

मल्लकालीन समयदेखि नै स्याङ्जा भैरव कालिकाको गुठी जग्गा रहिआएको पाइन्छ पुरानो चलनअनुसार ४२ मुरी माटो भनी क्षेत्रफल निर्धारण गरिएको सो जग्गा कटुवाल र दुई पुजारीले उपभोग गर्दै आएका छन् । मन्दिरमा खाँण र सेन थरका पुजारीले पूजाआजा गर्दै आएको पाइन्छ ।

आस्था एवम् विश्वासको धरोहरकै रूपमा रहेको स्याङ्जा भैरव कालिकाको धार्मिक एवम् सांस्कृतिक महत्व प्रचारप्रसार गर्न सके यसलाई धार्मिक पर्यटनको विशिष्ट गन्तव्य बनाउन सकिने अर्का स्थानीयवासी कुलबहादुर खाँणको भनाइ छ ।

स्याङ्जा भैरव कालिका मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सम्भावना रहेको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रशासन तथा कार्यक्रम अधिकृत प्रदीपराज गैरेले बताए ।

प्याराग्लाइडिङको विश्वकपसमेत सम्पन्न भइसकेको स्वरेकस्थित स्याङ्जा भैरव कालिका तीर्थस्थलको प्रवद्र्धन एवम् विकासमा राज्यको ध्यान पुग्नुपर्ने सरोकारवाला बताउँछन् ।

वि.सं.२०७५ कात्तिक २३ शुक्रवार ०९:०४ मा प्रकाशित

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय...

घूस लिएको अभियोगमा मुद्दा दायर

घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा...

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण...

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन,...

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

काठमाडौँ । बेमौसमी वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण...

प्रतिनिधिसभाः असार अघि नै मल, बीउ र कृषि औजार उचित व्यवस्थापन गर्न माग

प्रतिनिधिसभाः असार अघि नै मल, बीउ र कृषि औजार उचित व्यवस्थापन गर्न माग

काठमाडौँ । सांसदहरुले वर्षा लागेसँगै धान रोप्ने समय नजिकिँदै गएको...