back
CTIZAN AD

तौल र मूल्यमा एकरूपता नहुँदा ठगिए उपभोक्ता

वि.सं.२०७५ कात्तिक २४ शनिवार

564 

shares

२४ कात्तिक, गलेश्वर । म्याग्दी जिल्लाको शहरी र ग्रामीण भेगका बजारमा खुलेका पसलमा तौल र मूल्यमा एकरूपता नहुँदा तिहारको समयमा उपभोक्ता ठगिएका छन् ।

चाडपर्वको मौका छोपी व्यापारीले सामानमा मनलाग्दी मूल्य लिने र उपभोक्ताले गुनासो गर्ने ठाउँ नहुँदा आफूहरु ठगिएको गुनासो उपभोक्ताले गरेका छन् । “पसलमा न मूल्यसूची टाँसिएको छ न सम्बन्धित निकायबाट नै अनुगमन हुने गरेको छ’ बेनी बजारको एक पसलमा भाइटीकाका लागि सामान किन्दै गरेकी बेनपा–४ की राधा पौडेलले भनिन्, “पसलेले जति भन्छन्, त्यतिनै मूल्य तिर्नुपर्ने बाध्यता छ ।”

पसलमा मूल्य सूची नटाँस्ने र सम्बन्धित निकायले कडाइका साथ बजार अगुगमन नगरेका कारण उपभोक्ता ठगिने गरेका हुन् । बजारमा एकातिर मूल्यमा उपभोक्ता ठगिएका छन् भने अर्को्तिर वस्तुको गुणस्तर र तौलमा पनि ठगिँदै आएको उपभोक्ता बताउँछन् ।

जिल्लाको बेनी, गलेश्वर, तातोपानी, बावियाचौर, दरवाङलगायत अन्य स्थानीय बजारका पसलमा मूल्यसूची टाँसेको देखिदैन । बिक्रेताले वस्तुको मूल्य जति भन्छन् उपभोक्ताले उति नै तिर्न बाध्य छन् । कुन वस्तुको मूल्य कति भन्ने जानकारी नहुँदा उपभोक्ता ठगिएका हुन् । बजारमा पसलैपिच्छे सामानको दर समेत फरक÷फरक रहेको उपभोक्ताको गुनासो छ । यसैगरी अखाद्य वस्तुको मिसावट, कम तौल, कम गुणस्तर भएका वस्तुबाट पनि उपभोक्ता ठगिएका छन् । ग्रामीण भेगका कतिपय पसल विना दर्ता सञ्चालन भइरहेका छन् भने किराना पसलमा घरेलु मदिराको समेत निर्वाध रूपमा बिक्री वितरण भइरहेको स्थानीयवासी बताउँछन् ।

बेनीबजारको पसलमा पाइने मलखाद, जीरा, धनिया, तोरीको तेल, मैदाजस्ता वस्तुमा अन्य विभिन्न वस्तुको मिसावटका साथै तौलमा पनि कमी पाइएको उपभोक्ताको आरोप छ । सरकारी निकायबाट नियमित बजार अनुगमन नभएका कारण उपभोक्ता ठगिन बाध्य बनेको उपभोक्ताको गुनासो छ । चिनी, चियापत्ती, नुन, दाल, चिउरालगायत अन्य दैनिक उपभोग्य सामान पसलैपिच्छे भाउ फरक रहेको उनीहरूको भनाइ छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले भने समय–समयमा पसल अनुगमन गर्ने गरेको र दर्ता नगरी सञ्चालन भएका, म्याद नाघेका वस्तु राखेको पाइएको र कालोबजारी गर्ने गरेका पसल सञ्चालकलाई कारवाही गर्ने गरेको जनाएको छ । रासस

वि.सं.२०७५ कात्तिक २४ शनिवार ०९:१८ मा प्रकाशित

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै...