२६ कात्तिक, काठमाडौं । विमान निर्माता एयरबसले २८ जुन २०१८ मा विज्ञप्ति निकाल्यो । नेपाललाई पहिलो वाइडबडी विमान हस्तान्तरण गरिदिएको दिन थियो त्यो । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल एयरलाइन्सले पहिलो ए ३३० वाइडबडी जेटलाइनर बुझेको छ, जुन पोर्चुगलको लिजर (भाडामा लगाउने) हाई फ्लाईले भाडामा दिने दुईटामध्ये एउटा विमान हो ।’
उक्त विज्ञप्ति एयरवसले आफ्नो वेवसाइटमा थियो । यससँगै प्रश्न उब्जिएको छ–नेपाल एयरलाईन्सले ल्याएका दुई वाइडबडी किनिएकै हुन् त ?
एयरबसले भने हाई फ्लाईलाई विमान बिक्रि गरेको पाइएको छ । हाइ फ्लाइले नेपाल एयरलाइन्सलाई विक्रि गरेको पाइएको छ । हाई फ्लाइले नेपाल एयरलाईन्सलाई बिक्रि गरेको प्रमाण भने कतै भेटिदैन । शंका लागेपछि हाई फ्लाईकै वेवसाइट अध्ययन गर्दा । त्यो भाडामा लगाउने मात्र कम्पनी रहेको पृष्टि भएको पनि आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
वि.सं.२०७५ कात्तिक २६ सोमवार ०८:३३ मा प्रकाशित