Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

सामुदायिक शिक्षक युनियनको अध्यक्षमा भट्टराई



७ कात्तिक, काठमाडौँ । नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षा युनियनको चौथो महाधिवेशनले ज्ञानप्रसाद भट्टराईको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा बाबुनाथ यादव, बालकृष्ण कँडेल र यज्ञबहादुर बुढा चयन हुनुभएको छ । यस्तै, उपाध्यक्षहरूमा प्रकाशबहादुर चन्द, ताराप्रसाद पोखरेल, उमेशप्रसाद चौहान, वीरबहादुर शाही, डिबी रेस्मी, वेदप्रसाद काफ्ले, टङ्कलाल भुषाल र तुलसीप्रसाद चापागार्इं चयन हुनुभएको छ । युनियनको महासचिवमा प्रह्लादराज गौतम, उपमहासचिवमा नारायण प्र. गौतम चयन हुनुभएको छ ।

महाधिवेशनले उच्च माध्यमिक तह कक्षा ११ र १२ मा कम्तीमा पाँचजना विषयगत शिक्षकको दरबन्दी व्यवस्था र कार्यरत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाका आधारमा स्थायी गर्न माग गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।