back
CTIZAN AD

महाअभियोग षड्यन्त्रविरुद्धको प्रस्ताव : पूर्वप्रम ओली

वि.सं.२०७३ कात्तिक ७ आइतवार

912 

shares

kp oli

७ कात्तिक, भक्तपुर । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरूपयोग निवारण आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध ल्याइएको महाअभियोग प्रस्ताव कुनै षड्यन्त्र नभई षड्यन्त्रविरुद्धको प्रस्ताव भएको बताउनुभएको छ ।

श्निबार भक्तपुरको बालकोटस्थित ओली निवासमा पुगेको संयुक्त विद्यार्थी सङ्गठनको टोलीको कार्कीविरुद्धको प्रस्ताव पास गराउन दबाब दिने उद्देश्यले बुझाएको ज्ञापनपत्र शनिबार बुझ्दै ओलीले े कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई षड्यन्त्रका रूपमा नहेर्न आग्रह गर्नुभएको छ ।

नेपाली काँग्रेसतर्फ लक्षित गर्दै ओलीले भन्नुभयो, “महाअभियोग प्रस्तावलाई षड्यन्त्रका रूपमा हेर्नु हुँदैन, लोकमानले अख्तियारबाटै समानान्तर सरकार चलाउन थालेपछि त्यो षड्यन्त्रकाविरुद्ध ल्याइएको प्रस्ताव हो ।”

अख्तियारमा बसेर कर्मचारीतन्त्र चलाएको बताउँदै उहाँले कर्मचारीलाई १३ पन्ने (फाराम) भराइदिन्छु, मुद्दा लगाइदिन्छु भन्दै तर्साउने र सुरक्षा संयन्त्र होस् अथवा अरूलाई पङ्गु बनाउने काम गरेको उहाँको भनाइ थियो ।

ओलीले संसद्मा ‘ब्याक गिअर’ नभएकाले कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पास गर्नुको विकल्प नरहेको तर्क राख्दै प्रस्ताव धेरै सोच विचार र अरू दलसँग पनि छलफल गरेर ल्याइएकाले प्रस्ताव पास गर्नुको विकल्प नभएको जिकिर गर्नुभयो ।

प्रस्ताव पेस गर्न जति आवश्यक सङ्ख्या थियो त्यति सांसदको मात्र हस्ताक्षर रहेको बताउँदै उहाँले प्रस्तावमा आफ्नो पनि हस्ताक्षर नरहेको बताउनुभयो । कुन पार्टीमा कसको हस्ताक्षर भयो कि भएन भनेर केलाउन नहुने बताउँदै उहाँले एमालेले पनि यसलाई संस्थागत निर्णय गरेर नल्याएको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “प्रस्ताव लैजान जतिको हस्ताक्षर आवश्यक थियो, त्यति भयो, त्यसैले मैले पनि हस्ताक्षर गरेको छैन, तर एमाले यो प्रस्तावको पक्षमा उभिन्छ, अरू दल हस्ताक्षरको कुरा उठाउनुभन्दा प्रस्तावका पक्षमा अगाडि आउनुपर्छ ।”

अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनेबारेमा आफ्नो मन्त्रिपरिषद्मा पनि पटक–पटक कुरा उठेको चर्चा गर्दै उहाँले त्यतिखेर पनि यसबारेमा अरू दलसँग पटक–पटक छलफल भएको बताउनुभयो ।

वि.सं.२०७३ कात्तिक ७ आइतवार ०३:५० मा प्रकाशित

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...