back
CTIZAN AD

गोरखाली सामाज फ्रान्सले देउसी भैलो खेल्यो

वि.सं.२०७५ कात्तिक २७ मंगलवार

678 

shares


गोरखाली सामाज फ्रान्सले यहि ११ नोभेम्बर आइतबारका दिन गोरखाली देउसी भैलो कार्यक्रम २०१८ संस्थाका उपाध्यक्ष रामेश्वर श्रेष्ठको घरमा सम्पन्न गर्यो ।
गोरखाली समाजले कार्यक्रममा सबै नेपाली संघसंस्था लगायत फ्रान्सवासी नेपालीहरुलाई निमन्त्रणा गरि पहिलो पटक पेरिसमा देउसी भैलो कार्यक्रम सम्पन गरेको हो । तिहार बिशेष बिभिन्न नेपाली खानेकुरा, भैलीनीहरुको देउसिरे गित र नाचगानका साथ कार्यक्रम भब्य र सफल भएको थियो ।

गोरखाली सामाज फ्रान्सले संस्थाको आपतकालीन कोषमा आर्थिक संकलन गर्ने उद्देस्यले आयोजना गरेको उक्त कार्यक्रममा लगभग १५१० युरो संकलन गर्न सफल भएको संस्थाका अध्यक्ष सुरेद्र काप्रीले जानकारी दिए।

कार्यक्रममा एनआरएनए फ्रान्सका संस्थापक अध्यक्ष तथा गोर्खाली सामाज फ्रान्सका अभिभावक हरिहर अर्याल, सल्हाकार सुक गुरुङ, सल्हाकार निर्मल अर्याल, एनआरएनए पूर्व उपाधक्ष्य हरि सापकोटा मिन जि.सी, नेपाली सास्कृतिक गृहका अधक्ष्य हेमन्त उपाध्याय, नेपाली एकता समाजकी महासचिब डोल्मा तामाङ, तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

गोरखाली समाज सास्कृतिक समूहका सुजन बानिया, सुजन राज भट्ट र रोशनी हमाल बानियाको बेजोड देउसी भैलो तथा सास्कृतिक प्रस्तुतुती रहेको थियो।

कार्यक्रम संचालन सस्थाका महासचिब राजेन्द्र बाबु श्रेष्ठले गरेका थिए भने खाना व्यस्थापन सेल रोटि : रामेश्वोर, सुभद्रा श्रेष्ठ, आलुदम अचार : सन्जीब देवकोटा जुस, वाइन, पानी: निर्मल अर्याल, कुखुराको मासु : सुरेन्द्र काप्री, चिउरा भुजा : दिपक मगर , राजमा : सुजन भट्टराई, गुलाब जामुन : सुक गुरुङले संस्थालाई सहयोग स्वरुप प्रदान गरेका थिए।

अध्यक्ष सुरेन्द्र काप्रीले उपस्थित सबैलाई हार्दिक धन्यवाद दिदै आउने बर्ष अझै भब्य देउसी कार्यक्रम गर्ने बताउदै कार्यक्रम समापन गरेका थिए ।

वि.सं.२०७५ कात्तिक २७ मंगलवार १३:३९ मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...