
हालसालै करिब ३ महिना अघि मात्रै अमेरिकन नागरिकता हात पारेको एकै महिनामा उमेरले डाँडा काट्दै गरेका ५१ बर्षे पौढले आफु भन्दा २८ बर्षे कान्छि २३ बर्षे युबतिलाइ दोश्रो श्रीमतिका रुपमा एकै दिन टिकाटाला गरि भोलिपल्टै हतारहतारमा भित्र्याएछन, आफन्तकै घर सापटि लिएर। यो कुनै मायापिरति र सम्बन्धका कारण थिएन । यो उमेरको ठूलै खाडल बिचको बिबाहको अन्तर्कथा । यता अमेरिकामा डिभोर्सको काम सम्पन्न नहुँदै उता अमेरिकन नागरिकताको आडमा नेपाल हुइक्किएर अर्को जहान जम्मा पारेछन। त्यो तिनको प्राइभेसि थियो तर कुरो यहि मात्रै सिध्दिदैन । प्रश्न चाहि यहि गएर तेर्सियो कि किन यसरि बाबु समानको उमेरका मानिसहरु सँग विवाह ? किन गरिन्छ यस्तो कुकर्म ? ति २३ बर्षे केटीका बाबुआमा पनि पढेकै हुन, समाजले चिनारी गरेकै मानिसहरु हुन। तर, आफ्नी छोरीको भबिश्य जुवाको खालमा राखि अमेरिका भित्र्याउनकै लागि किन यस्तो गरे तिनले ?
ड्रिमल्याण्ड अमेरिका आउन त्यति सहज छैन, आइहाले पनि कानुनि कागज प्राप्तिको मार्ग त्यति सहज छैन पनि। भबिश्य बनाउनकै लागि ? हरतरहले अमेरिका छिर्न र छिराउनकै लागि ? अमेरिका छिर्ने र छिराउने माध्यम कै लागि ? कलिला उमेरमै जिवनलाइ धरापमा राखि, अमेरिका प्रबेशका लागि सौदाबाजि गर्दै यसरि बिबाह गर्ने, गराउने, जानाजान यति लामो उमेरको भिन्नतामा आफ्नो सन्तान जिम्मा लगाउने बाबुआमा अपराधि हुन भन्दा अत्युक्ति नहोला।
माथिको पात्र अहिले अमेरिका बेलायत एबम ससारका राम्रा बिकसित र आर्थिक सम्मपन्न मुलुकमा गुणात्मक जिवन जिउनकै लागि बुढापाकाहरुलाइ आफ्ना छोरि जिम्मा लगाउने उदाहरण मात्र हुन। प्रशस्तै छन अमेरिकामा यस्ता हिसाबले अमेरिका भित्र्याउनेहरु। भित्रिएका ति असामान्य अधिकाश जोडिका जिवन नरकमा गएका छन । मतलब असफल भएका छन। अमेरिका भित्रिने स्वार्थका नाममा यस्ता हर्कत गर्नेहरु अनगिन्ति छन। अमेरिका छिर्नकै लागि मरिहत्ते गर्ने, आफ्नो जिवन र आफ्ना सन्तानको लाइफको प्रबाह समेत नगर्ने यस्ता लोभिपापि र स्वार्थि झुन्ड र समुदायको स्वार्थ राम्ररि बुझेका उमेरले पाका मानिसहरुले राम्ररि नै बुझेका र दुरुपयोग गरिएका छन।
कतिपयले अमेरिकन नागरिकता दुरुपयोग गरि कमाउने नाममा मोटै रकमको डलर बुझेर यस्ता हर्कत गर्नेहरु पनि प्रशस्तै छन। अमेरिका आउनका निमित्त जे जसरि पनि आउने र कुनै पनि स्वार्थ र शर्त मञुरि गरि आफुलार्र्इ चितामा जलाउन तयार लोभग्रस्त सोचाइको दुरुपयोग गर्ने र यसको सदुपयोगका नाममा गरिने यस्ता सामाजिक अपराधलार्इ पढे लेखेकै र बुझेकै समुदायबाट स्थापित गरिरहेका छौ। जसको जति बिरोध गरे पनि कमै हुनेछ।
५१ बर्षे प्रौढसङ्गै २३ बर्षकि युबतिले जे जसरि सोचेर अमेरिका भित्रिए पनि भने जस्तो सोचे जस्तो र कल्पना गरे जस्तो इजि र सरल पनि छैन अमेरिका। श्रम, पिडा, स्ट्रेस र आर्थिक बोझले सोचे जस्तो र कल्पना गरे जस्तो लाइफ त्यति इजिसङ्ग चल्नेवाला पनि छैन। काम पाइन्छ, खानैले मरिदैन, हातमा २(४ सय डलरले साथ पनि छोड्ने छैन, राम्रा राम्रा ठुला ठुला महल, पसल, चिल्ला चिल्ला सड्क र गाडीहरु हुइकिए जस्तो जिवन सहज ढङ्गले हुइकिने छैन अमेरिकामा। मुहारमा र बाहिरि मुहारमा देखिए जस्तो चिल्लो मन, पेट र मष्तिस्कमा भेटिने छैन अमेरिकामा। सक्नेले गर्ने ठाउ पनि हो तर अबसरको मुलुकमा ब्रेन र श्रम सङ्गै चल्न सकेनन भने पिडामा बसेर पेट पाल्ने ठाउ अमेरिकालाइ बुझे हुन्छ। अर्थात कर्ममा छ भन्दैमा डोकोमा दुध दुहेर अडिदैन पनि अमेरिकामा।
वि.सं.२०७५ कात्तिक २७ मंगलवार १४:५८ मा प्रकाशित




























