back
CTIZAN AD

गोरखाका ‘ज्येष्ठ रेडियोकर्मी’को निधन

वि.सं.२०७३ कात्तिक ७ आइतवार

1.2K 

shares

radiokarmi७ कात्तिक, गोरखा । गोरखाको पुरानो रेडियो, ‘रेडियो गोरखा ९२.८ मेगाहर्ज’ मा क्रियाशील रेडियोकर्मी ८७ वर्षीय नेत्रमणि शर्मा आचार्यको शनिबार निधन भएको छ ।

रेडियोमा नियमित बज्ने धार्मिक कार्यक्रमका प्रस्तोता गोरखा नगरपालिका–५ हिलेपोखरीका आचार्यको शनिबार काठमाडौँमा निधन भएको हो ।

राजधानीको प्रदशर्नीमार्गस्थित मानविकी क्याम्पसमा आयोजित नियमित मासिक साहित्यिक शृङ्खला ‘साहित्य सन्ध्या’ मा कविता वाचन गरेपछि अर्धचेत (बेहोस) हुनुभएका आचार्यको मोडल अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको उहाँका नाति सञ्जय अधिकारीले जानकारी दिनुभयो ।

‘झल्को लाग्छ कुन्नी किन हो मलाई त्यो १७÷१८ वर्षको’ शब्द रहेको छन्दले भरिएको कविता सुनाएपछि बेञ्चमा बस्नुभएका आचार्य बेहोस भई ढलेपछि आयोजकको सक्रियतामा उपचारका लागि अस्पताल पु¥याइएको थियो । कविता वाचन गर्न मञ्चमा पुग्दा हँसिलो र ताजा देखिएका आचार्य कविता वाचनपछि एक्कासी ढलेको बताइएको छ । उहाँको निधन के कारणले भएको भन्नेबारे जानकारीमा आइनसकेको पारिवारिक स्रोतले जनाएको छ ।

आचार्यले ‘रेडियो गोरखा’मा दिनहुँ धार्मिक कार्यक्रम प्रस्तुत गर्दै आउनुभएको थियो । आचार्य बिरामी श्रीमतीको उपचारका लागि केही समयदेखि काठमाडौँमा रहँदै आउनुभएको थियो । आचार्यले रेडियोका साथै गोरखाको पहिलो दैनिक ‘दरौँदी’ दैनिकमा पनि साप्ताहिकरूपमा धार्मिक लेख, कविता प्रकाशित गर्दै आउनुभएको थियो । “आचार्यको निधनले गोरखाली साहित्यिक क्षेत्रमा ठूलो क्षति पु¥याएको छ”– साहित्य सङ्गम गोरखाका अध्यक्ष शिव अप्रियले भन्नुभयो, “एउटा साहित्यिक धरोहरको विलय भयो ।”

देशभरका रेडियोको छाता संस्था सामुदायिक रेडियो प्रशारक सङ्घ (अकोराव) का वरिष्ठ उपाध्यक्ष एवम् रेडियो गोरखाका स्टेशन म्यानेजर किशोरजङ्ग थापा आचार्यको निधनले रेडियो, पत्रकारिता र साहित्यिक क्षेत्रमा ठूलो क्षति पुगेको बताउनुहुन्छ । थापाले भन्नुभयो, “८७ बर्से आचार्यले रेडियोमा नियमित कार्यक्रम गरिरहनुहुन्थ्यो ।

नेपालभरका रेडियोमा कार्यक्रम गर्ने रेडियोकर्मीमध्ये सम्भवतः आचार्य एक्लो जेष्ठ व्यक्ति हुनुहुन्थ्यो ।” आचार्यले विसं २०६४ देखि नियमित रेडियोमा धार्मिक कार्यक्रम गर्दै आउनुभएको थियो ।

विसं २०३१ मा श्री ५ वीरेन्द्र राज्याभिषेक पदक प्राप्त गर्नुका साथै नेपाल प्रज्ञा–प्रतिष्ठान, हरि सांस्कृतिक केन्द्र गोरखा, तथा साहित्य सङ्गम गोरखालगायतबाट सम्मान तथा पुरस्कार प्राप्त आचार्यले पच्चीस थुङ्गा, शिलान्यासलगायत दर्जनभन्दा बढी पुस्तक प्रकाशित गर्नुभएको थियो ।

आचार्यका श्रीमती, तीन छोरा र तीनजना छोरी छन् । उहाँ नेपाल सरकारका पूर्वकर्मचारी पनि हुनुहुन्थ्यो ।

वि.सं.२०७३ कात्तिक ७ आइतवार ०३:५४ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...