Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

इजिप्टका उच्च सैनिक अधिकारीको गोली हानी हत्या



७ कात्तिक, कायरो (इजिप्ट) । इजिप्टको उत्तरी क्षेत्र सिनाइएमा कार्यरत उच्च सैनिक अधिकारीलाई उहाँको घर नजिकै कायरोमा शनिबार गोली हानी हत्या गरिएको इजिप्टको राज्य सञ्चालित अहराम पत्रिकाले जनाएको छ ।

इजिप्टको तनावग्रस्त सिनाइ प्रान्तमा सशस्त्र विभागको नेतृत्व सम्हाल्दै आएका ब्रिगेडियर जनरल अदेल रजाइलाई शनिबार बिहानै उहाँकै घर अगाडि गोली हानी हत्या गरिएको थियो ।

घटनामा रजाइका ड्राइभरलाई समेत हत्या गरिएको छ भने उहाँका अङ्गरक्षक गम्भीर घाइते हुनुभएको छ ।

रजाइका श्रीमतीका अनुसार तीन जना आक्रमणकारी घर अगाडि गाडीमा लुकेर बसेका र रजाइ घरबाट निस्किँदा साथ आक्रमण गरेको बताउनुभयो । आक्रमणको तत्कालै कुनै समूहले जिम्मेवारी लिएको छैन । एएफपी


-->

काठमाडौं। पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम्

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच गृहमन्त्रालयमा भएको वार्तापछि साँतबुदे सहमति भएको छ ।

टोरन्टो । भारतीय मूलका क्यानडाली शिखको हत्यामा भारतीय गुप्तचर संस्थाका कर्मचारीको संलग्नता रहेको विवरण

नयाँदिल्ली । एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीनजना भारतीय खेलाडीलाई खेलस्थल हाङझाउ जाने अनुमति

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सल्लाहकार खेमराज