back

हेलिकप्टर दुर्घटना, उन्नाइस जनाको मृत्यु

वि.सं.२०७३ कात्तिक ७ आइतवार

495 

shares
GLOBAL IME AD
NTC AD

७ कात्तिक, मस्को (रसिया) । तेल र ग्यास खानीमा काम गर्ने कामदार लिएर साइबेरियाको दुर्गम क्षेत्रमा उडिरहेको रसियाली हेलिकप्टर खराब मौसमका कारण दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारात १९ जनाको मृत्यु भएको रसियाली छानबिन समूहले शनिबार बताएको छ ।

घटनामा घाइते बनेका तीन जनालाई उपचारका लागि पठाइएको छ मृत शरिरलाई उद्धार गर्न पुगेका सुरक्षाकर्मीले प्रारम्भिक अनुसन्धानबाट घटना शुक्रबार राति कुहिरो र हिउँ वर्षाका कारण आएको प्राविधिक कठिनाइका कारण भएको जनाइएको छ ।

यसैबीच रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका आफन्त र शुभचिन्तकलाई समवेदना व्यक्त गर्नुभएको उहाँका प्रवक्ता डिमित्री पेश्कोभले रसियाली न्यूज एजेन्सीलाई बताउनुभएको छ ।

एमआइ–८ हेलिकप्टरले तीन जना चालक दलका सहित सदस्य २२ जना यात्रु लिएर क्रास्नोयास्कबाट उरेङ्गोइकाका लागि उडेकामा गन्तब्यभन्दा ४५ किलोमिटर यतै दुर्घटनाग्रस्त हुन पुगेको हो । एएफपी

वि.सं.२०७३ कात्तिक ७ आइतवार ०४:०१ मा प्रकाशित

रुसद्वारा दुई दशक यताकै उच्च २१ प्रतिशत ऋण लागत कायम

रुसद्वारा दुई दशक यताकै उच्च २१ प्रतिशत ऋण लागत कायम

मस्को ।  रुसको केन्द्रीय बैङ्कले बढ्दो मुद्रास्फितिसँग जुध्नका लागि शुक्रबार...

ब्राजिलका   पूर्वराष्ट्रपति ७५ वर्षीय कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ

ब्राजिलका  पूर्वराष्ट्रपति ७५ वर्षीय कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ

ब्रासिलिया ।  ब्राजिलका पूर्वराष्ट्रपति फर्नान्डो कोलर डी मेलोलाई भ्रष्टाचार र...

करका विषयमा चिनियाँ राष्ट्रपति सीसँग कुरा गरेको ट्रम्पद्वारा जानकारी 

करका विषयमा चिनियाँ राष्ट्रपति सीसँग कुरा गरेको ट्रम्पद्वारा जानकारी 

वासिङ्टन ।   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङसँग...

आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की

आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की

नयाँदिल्ली । हिमालय क्षेत्रमा भएको भीषण आक्रमणमा दुई दर्जनभन्दा बढी...

युक्रेनमा ड्रोन आक्रमण हुँदा नौ जनाको मृत्यु

युक्रेनमा ड्रोन आक्रमण हुँदा नौ जनाको मृत्यु

युक्रेन । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा रुसी...

काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत

काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत

पहलगाम (भारत) । सन् २००० पछि काश्मीरका सर्वसाधारणमाथि भएको सबैभन्दा...