Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

अमेरिकी रक्षा प्रमुख अघोषित रुपमा इराकको भ्रमणमा



७ कात्तिक, बग्दाद (इराक) । अमेरिकी रक्षामन्त्री एस्टन कार्टर अघोषित रुपमा इराकमा आइपुग्नुभएको यहाँको अल अरेविहा टेलिभिजनले शनिबार बताएको छ ।

इराकको मोसुल सहरमा इस्लामिक स्टेट जिहादी विद्रोहीलाई लक्षित गरी इराकले चलाएको कारबाहीबारे इराकी उच्च नेता तथा सैनिक अधिकारीसँग छलफल गर्न यहाँ आइपुग्नुभएको उक्त टेलिभिजनले बताएको छ ।

इराकको मोसुल सहर इस्लामिक स्टेट (आइएस) विद्रोहीको कडा नियत्रणमा रहेको अन्तिम सहर हो । आइएसले उक्त सहर र वरपरका क्षेत्रमा रहेर इराक तथा विश्वभर आफ्नो सङ्गठन विस्तारसम्बन्धी गतिविधि बढाइरहेको इराकको दाबी छ । सिन्ह्वा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया