Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

क्यामरुन रेल दुर्घटनामा पचपन्नजनाको मृत्यु



train-accident

७ कात्तिक, याउन्डे (क्यामरुन) । क्यामरुनमा शुक्रबार भएको रेल दुर्घटनामा मृत्यु हुने नागरिकको सङ्ख्या ५५ पुगेको क्यामरुनको टेलिभिजनले जनाएको छ ।

उक्त घटनामा ५७५ जना घाइते भएका बताइएको छ ।

क्यामरुनको राजधानी याउन्डेबाट यहाँको आर्थिक राजधानी डाउआलाका लागि छुटेको उक्त रेल क्यामरुनको इसेका रेल स्टेसन नजिकै पुग्दा दुर्घटना भएको थियो ।

सिआरटिभीले क्यामरुनी यातायात मन्त्री एडगार एलानलाई उद्धृत गर्दै घटनामा ५५ जनाको मृत्यु भएको, ५७५ जना घाइते भएका र घाइतेमध्ये केहीलाई गम्भीर चोट लागेको बताइएको छ ।

घटनास्थल याउन्डेबाट १२० किलोमिटर टाढा रहेको समाचारमा जनाइएको छ ।

यसैबीच क्यामरुनी राष्ट्रपति पउल वियाले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाबाट पीडितका परिवारलाई राहत सहयोग प्रदान गर्न र घटनाको छानबिन गर्न शनिबार यहाँको सरकारलाई निर्देशन दिनुभएको छ ।

यसैबीच क्यामरुनका सूचनामन्त्री इशा चिरोमा बेकरीले घटनामा घाइते भएका मानिसलाई उपचारका लागि अस्पतालसम्म पु¥याउन र अन्य यात्रुलाई उनीहरूको गन्तव्यतर्फ पु¥याउनका लागि अर्को रेलको व्यवस्था गरिसकिएको बताउनुभएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले