back
CTIZAN AD

क्यामरुन रेल दुर्घटनामा पचपन्नजनाको मृत्यु

वि.सं.२०७३ कात्तिक ७ आइतवार

1.1K 

shares

train-accident

७ कात्तिक, याउन्डे (क्यामरुन) । क्यामरुनमा शुक्रबार भएको रेल दुर्घटनामा मृत्यु हुने नागरिकको सङ्ख्या ५५ पुगेको क्यामरुनको टेलिभिजनले जनाएको छ ।

उक्त घटनामा ५७५ जना घाइते भएका बताइएको छ ।

क्यामरुनको राजधानी याउन्डेबाट यहाँको आर्थिक राजधानी डाउआलाका लागि छुटेको उक्त रेल क्यामरुनको इसेका रेल स्टेसन नजिकै पुग्दा दुर्घटना भएको थियो ।

सिआरटिभीले क्यामरुनी यातायात मन्त्री एडगार एलानलाई उद्धृत गर्दै घटनामा ५५ जनाको मृत्यु भएको, ५७५ जना घाइते भएका र घाइतेमध्ये केहीलाई गम्भीर चोट लागेको बताइएको छ ।

घटनास्थल याउन्डेबाट १२० किलोमिटर टाढा रहेको समाचारमा जनाइएको छ ।

यसैबीच क्यामरुनी राष्ट्रपति पउल वियाले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाबाट पीडितका परिवारलाई राहत सहयोग प्रदान गर्न र घटनाको छानबिन गर्न शनिबार यहाँको सरकारलाई निर्देशन दिनुभएको छ ।

यसैबीच क्यामरुनका सूचनामन्त्री इशा चिरोमा बेकरीले घटनामा घाइते भएका मानिसलाई उपचारका लागि अस्पतालसम्म पु¥याउन र अन्य यात्रुलाई उनीहरूको गन्तव्यतर्फ पु¥याउनका लागि अर्को रेलको व्यवस्था गरिसकिएको बताउनुभएको छ । रासस

वि.सं.२०७३ कात्तिक ७ आइतवार ०४:०५ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...