back
CTIZAN AD

राखेप उपाध्यक्षमा तिमल्सिना

वि.सं.२०७५ कात्तिक २९ बिहीवार

639 

shares

२९ कात्तिक, काठमाडौँ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकूद परिषद्को उपाध्यक्षसहित तीन सदस्यलाई सपथ खुवाएका छन् ।

मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा नवनियुक्त सदस्यत्रय पीताम्बर तिमल्सिना, इन्दिरा निरौला र राजेश गुरूङलाई मन्त्री विश्वकर्माले शपथ खुवाएका हुन् । यही कात्तिक २६ गतेको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा परिषद्का पूर्वउपाध्यक्ष तिमिल्सिना, गुरुङ र पूर्वराष्ट्रिय भलिबल खेलाडी निरौलालाई नियुक्त गरेको थियो । सदस्यको शपथ लिएलगत्तै मन्त्रालयले तिमल्सिनालाई राखेपको उपाध्यमा नियुक्त गरेको छ ।

सो अवसरमा मन्त्री विश्वकर्माले नजिकिँदै गरेको आठाँै राष्ट्रिय खेलकूद तथा १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)लाई ध्यानमा राखेर काम गर्न नवनियुक्त सदस्यलाई निर्देशन दिए “पूर्वाधार अभावले हामीले केही महीना आठौँ राष्ट्रिय खेलकूदको मिति सारेका छौँ ।” मन्त्री विश्वकर्माले भन्नुभयो, “अब सबैको ध्यान पूर्वाधारको चाँडो निर्माण र आठौँ राष्ट्रिय खेलकूद तथा सागको सफलतापूर्वक सम्पन्न गर्नमा तपाईंहरुको ध्यान केन्द्रित होस् ।” कार्यक्रममा राखेप सदस्यसचिव केशवकुमार विष्ट तथा मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।

पर्शुराम क्यानडा प्रस्थान

कराते खेलाडी पर्शुराम बाँस्तोला १९औँ वार्षिक सातौँ कपमा सहभागी हुन आज क्यानाडाको भेन्कुभर प्रस्थान गर्नुभएको छ । पैँतीस राष्ट्रको सहभागिता रहने सो प्रतियोगिता यही कात्तिक ३० देखि मङ्सिर १ गतेसम्म चल्नेछ । उनले एकल कातामा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा मुकेश बरुवाल रहेका छन् । पर्शुरामलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य एवं नेपाल कराते महासङ्घका अध्यक्ष दावा गुरुङले बुधबार विदाए गरेका हुन् ।

वि.सं.२०७५ कात्तिक २९ बिहीवार ०९:३५ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...