back
CTIZAN AD

बन्दीपुर केबलकारको शेयर तनहुँवासीलाई

वि.सं.२०७५ कात्तिक २९ बिहीवार

591 

shares

२९ कात्तिक, दमौली । पर्यटकीय नगरी बन्दीपुरमा निर्माण शुरु गरिएको केबलकारको शेयर तनहुँवासीले खरिद गर्न पाउने भएका छन् ।

यसअघि बन्दीपुरका बासिन्दालाई मात्रै प्राथमिकता दिँदै शेयर खुला गरिएकामा अब भने तनहुँवासीका लागिसमेत शेयर खुला भएको निर्माण कम्पनीले जनाएको छ । बन्दीपुर केबलकार प्रालि, आरकेडी रियल स्टेट कम्पनी र पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडको लगानीमा केबलकार निर्माणको काम शुरु भइसकेको छ ।

बन्दीपुर केबलकार कम्पनीका अध्यक्ष तारानाथ उपाध्यायले शेयर खरिदका लागि जिल्लाका अन्यत्र ठाउँका सर्वसाधारणलेसमेत चासो देखाएकाले शेयर खुला गरिएको जानकारी दिए ।
उनले भने, “यसअघि बन्दीपुरका बासिन्दालाई मात्रै शेयर खुला गरिएको थियो । कात्तिक २५ गतेदेखि सम्पूर्ण जिल्लावासीका लागि नै शेयर खरिद गर्न सकिने व्यवस्था मिलाएका छौँ ।” उनका अनुसार आगामी मङ्सिर २५ गतेसम्म शेयर हाल्ने समयावधि थप गरिएको छ ।

कम्पनीले केबलकारमा स्थानीयका लागि रु ११ करोड २० लाखको शेयर छुट्याएको छ । बन्दीपुरका ६० जनाले केबलकारका लागि शेयरको फाराम भरिसकेका छन् । “केबलकारको शेयर खरिद गर्न स्थानीयको चासो बढेको पाएका छौँ”, उपाध्यायले भने, “बन्दीपुरबाट मात्रै ११ करोड २० लाख उठ्न सम्भव नदेखिएकोले अब समग्र तनहुँवासीलाई नै शेयरमा समेट्छौँ ।”

हाल केबलकारको ‘रिटेनिङ वाल’ र जगको काम भइरहेको उनले जानकारी दिए । कम्पनीले रु १०० का दरले ११ लाख २० हजार कित्ता प्रवद्र्धक शेयर सर्वसाधारणका लागि खुला गरेको छ । कम्पनीले बन्दीपुर आसपासका जनतालाई रु सात हजार ५०० तिरेपछि १० वर्षसम्म केबलकारको सेवा प्रदान गर्ने घोषणासमेत गरिसकेको छ ।

कम्पनीलाई पब्लिक कम्पनीका रुपमा विकास गरी जनताको अपनत्व बढाइने आरकेडी रियल स्टेट कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए । उनका अनुसार पत्रकारिता क्षेत्रबाट केबलकार प्रवद्र्धनमा सहयोग पु¥याउने तीन जना पत्रकारलाई वार्षिकरुपमा रु एक÷एक लाखको शेयरमार्फत सम्मान गरिनेछ । त्यस्तै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत एक जना समाजसेवीलाई समेत प्रत्येक वर्ष एक लाख शेयरले सम्मानित गर्ने कम्पनीको योजना छ ।

पृथ्वीराजमार्गको बन्दीपुर गाउँपालिका–४ स्थित ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट घण्टामा २०० जनाले वारपार गर्न सक्नेछन् । डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किमी उकालो दूरी बसमा करीब २० मिनेट लाग्छ । केबलकार निर्माण भएपछि ९ मिनेटमा बन्दीपुर पुग्न सकिनेछ ।

रु ५६ करोडको लागतमा निर्माण हुने केबलकारमा दुई सामान बोक्नेसहित १७ वटा बाक्सा रहनेछन् । करीब १५ महीनामा निर्माण सक्ने लक्ष्य राखिएको केबलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ ।

वि.सं.२०७५ कात्तिक २९ बिहीवार ०९:३७ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...