back
CTIZAN AD

खाडीको २५ वर्षे रोजगारी छोडेर भैसी पालनमा रमाउँदै रीम बहादुर

वि.सं.२०७५ कात्तिक २९ बिहीवार

744 

shares
फाइल : फोटो

२९ कात्तिक, कास्की । कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोक खरीबोटका रीमबहादुर गुरुङ (नारायण) उमेरले ४५ वर्ष पुगे । शरीर बुढ्यौलीतर्फ लम्कँदै गर्दा उनले अहिले पशुपालन पेशामा आकर्षित भएका छन् ।
बिस वर्षको उमेरमा वैदेशिक रोजगारीका लागि बिदेशिएका उनी स्वदेश फर्केर आएपछि भैँसी फार्म खोलेर पशुपालनमा आकर्षित भएका हुन् । “खाडी मुलुक कतार, मलेसिया र कुवेतमा गरी २५ वर्ष काम गर्दा पनि जीविकोपार्जनमा समस्या भएपछि पशुपालन व्यवसाय रोजेको हुँ । ” उनी भन्छन्, “विदेशमा साह्रै दुःख भोगियो । कहिले ५०÷६० डिग्रीको चर्को घाम त कहिले चिसो ठण्डीमा काम गर्नुपर्दाको कष्ट र हैरानी वर्णन गरिसाध्य छैन । अब आफ्नै ठाउँमा बसेर जीविकोपार्जन हुने वातावरण बनेकाले यही पशु पाल्ने निर्णयमा पुगेँ ।”

वैदेशिक रोजगारीबाट मासिक कमाइ हुने जति रकम अहिले शुरुआती चरणमै परिवारका साथमा बसेर आम्दानी हुन थालेको उनी बताउँछन् । आफ्नै चार रोपनी जग्गामा गत असारदेखि फार्म शुरु गरेका गुरुङको फार्ममा अहिले आठ माउ र पाँच पाढापाडी छन् । विस्तारै भैँसीको सङ्ख्या थप्दै जाने सोच रहेको उनी सुनाउँछन् । व्यवसाय शुरु गर्दा रु २० लाख लगानी भएको र हाल दैनिक ८० लिटर दूध बिक्री गर्दै आएको गुरुङको भनाइ छ ।

भैँसीको स्याहार गर्न कामदार राखे पनि गुरुङ आफू पनि बिहानदेखि रातिसम्म खट्छन् । दूध बिक्रीका लागि बजारको समस्या नभएको र आफ्नै गाडीबाट पोखरासम्म बिक्रीका लागि पु¥याउने गरेको उनको भनाइ छ । गुरुङको दैनिकी बिहान दुई बजेबाट शुरु हुन्छ । दुई बजे बिहान उठेपछि फार्मको धन्दा सकेर बिहान उज्यालो नहुँदै दूध पोखरा पठाउने गरेको र राति १० बजेसम्म पनि कामधन्दामै व्यस्त हुने गरेको उनी सुनाउँछन् ।

सोही वडाका वडाध्यक्ष सूर्यप्रसाद लम्साल गुरुङको मेहनत र परिश्रम उदाहरणीय रहेको बताउनुहुन्छ । पछिल्लो समय व्यावसायिक पशुपालनतर्फ आकर्षण देखिए पनि आफैँ मालिक र कामदार दुवै बनेर काम गर्नेको सङ्ख्या भने कम रहेको उल्लेख गर्दै उनी भन्छन्, “फार्म खोल्नेक्रम बढ्दो छ तर धेरै जना आफूले काम गर्नुभन्दा पनि कामदारमै निर्भर छन् । नारायण भने आफँै काममा खटिने गरेका छन् । यो सबैका लागि उदाहरणीय बनेको छ ।” अहिले वडामा व्यावसायिक पशुपालन गर्नेको सङ्ख्या बढेसँगै दैनिक दुई हजार ५०० सय लिटर दूध पोखरामा बिक्री वितरणका लागि लैजाने गरेको वडाध्यक्ष लम्साल बताउछन् ।

वि.सं.२०७५ कात्तिक २९ बिहीवार ०९:५६ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...