back
CTIZAN AD

रोल्पाको जडीबुटी–तेल काठमाडौँसम्म

वि.सं.२०७५ कात्तिक २९ बिहीवार

591 

shares

२९ कात्तिक,रोल्पा । पूर्वी रोल्पाको सुलीचौरमा स्थापित उद्योगले स्थानीय जडीबुटी प्रशोधन गरी तेल निकाल्न शुरु गरेको छ ।
लाल जडीबुटी प्रशोधन उद्योगबाट दालचिनी, दलसिँडे, तेजपात, बोझो, जटामसी, सिलटिमुर, सुगन्धवाल, सुगन्धकोकिला, तितेपातीलगायत जडीबुटीबाट तेल निकाल्न थालिएको हो ।

सो उद्योगबाट उत्पादित तेल काठमाडौँ, पोखरा, चितवनजस्ता बजारमा पठाउन थालेको उद्योगले जनाएको छ । रु एक करोड ५० लाखको लागतमा स्थापित उद्योगमा ३५ कामदारले रोजगारी पाइरहेको उद्योगका ‘प्रोपाइटर’ टेकबहादुर घर्तीमगरले जानकारी दिएका छन् ।
विगत लामो समयदेखि जडीबुटी व्यवसाय गर्दै आएका घर्तीले केही वर्षयता सुलीचौरमै तेल प्रशोधन उद्योग स्थापना गरी जिल्ला कबाहिर पठाउन थालेको बताए । जडीबुटीको प्रशोधित तेलको मूल्य महङ्गो हुने भएकाले स्थानीय बजारमा बिक्री नभई अन्यत्र ठूला बजारमा पठाउने गरिएको बताइएको छ ।
बास्नादार तेल र आयुर्वेदिक औषधिको रूपमा स्थानीय जडीबुटी प्रशोधन भइरहेको घर्तीले बताए । उद्योगमा तितेपातीबाट किटनाशक औषधिसमेत उत्पादन हुने गरेको छ । रसायन प्रयोग नगरी उत्पादित उक्त औषधिबाट किसानको खेतबारीमा कीराको प्रकोप नियन्त्रणमा सघाउ पुगिरहेको छ ।

स्थानीय सामुदायिक वन र निजी जग्गामा उत्पादित घाँस र जडीबुटी प्रशोधन गरेर तेल निकाल्नुपर्ने भएकाले कच्चा पदार्थको अभाव हुने गरेको छ । सो समस्या टार्न स्थानीय कृषकलाई उत्पादन कार्यमा प्रोत्साहन गरेको घर्तीको भनाइ छ । शुरुमा स्थानीय जडीबुटी प्रवद्र्धनका लागि एक सामाजिक संस्थाले मेशिन उपलब्ध गराए पनि समूहगतरूपमा काम सञ्चालन हुन नसकेकाले आफँैले मेशिन खरिद गरी उद्योग शुरुआत गरेको घर्तीले बताए ।

ठूल्ठूला शहरका अतिरिक्त विदेशमा समेत सामान पठाउन चाहे पनि बजार सञ्जालबारे आफूलाई थाहा नभएको घर्तील बताउँछन् । संयुक्त राज्य अमेरिका, युरोपलगायतका देशमा पठाउन चाहे पनि बजार सञ्जालबारेमा आफू जानकार नभएको घर्तीको भनाइ छ ।

सामुदायिक वनमा समेत जडीबुटीखेती गरेर आम्दानी बढाउन सकिने घर्तीको सुझाव छ । सामुदायिक वनको आन्तरिक आय वृद्धि हुने र उद्योग पनि दिगो ढङ्गले सञ्चालन हुने भएकाले यसतर्फ सबैको ध्यान जान जरुरी रहेको आग्रह गर्दै उनले उद्योग राम्रोसँग सञ्चालन भइरहे पनि कहिलेकाहीँ जडीबुटीको बजार मूल्यमा आउने उतारचढावले आफूलाई समस्या पार्ने गरेको बताए ।

जिल्लामा स्थापना भएका यस्ता उद्योगको निरन्तरता र दिगोपनाका लागि स्थानीय सरकारसँग समन्वय गरिरहेको रोल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वकुमार चन्दले जानकारी दिनुभयो । बेरोजगारीको समस्याका कारण दिनानुदिन ठूलो सङ्ख्याका युवा वैदेशिक रोजगारीमा जान बाध्य भइरहेका बेला यस्ता उद्योग विस्तार र प्रवद्र्धनमा तीनै तहका सरकारले ध्यान दिए युवा पलायनता रोक्न मद्दत पुग्ने अध्यक्ष चन्दको भनाइ छ ।

जडीबुटीको भण्डार मानिने रोल्पामा हजारौँ थरिका जडीबुटी उत्पादन हुन्छन् । प्राकृतिकरूपमै उम्रेका त्यस्ता जडीबुटीबाट स्थानीयवासीले राम्रो आम्दानी गरिरहेका छन् । पहिचानको अभावमा सयाँै बहुमूल्य जडीबुटी प्रयोगविहीन भए पनि केही जडीबुटी भने पहिचान भई उत्पादन र बिक्री वितरणसमेत हुँदै आइरहेका छन् । जडीबुटी उत्पादन तथा स्थानीय बजारमै प्रशोधन गरी बिक्रीवितरण गर्न सके किसानले बढी मूल्य पाउनुका साथै रोजगारीका अवसरसमेत सिर्जना हुने देखिन्छ ।

वि.सं.२०७५ कात्तिक २९ बिहीवार १०:०१ मा प्रकाशित

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा समस्याग्रस्त सहकारीका...

आर्थिक कारोबारलाई नगद रहित बनाउने

आर्थिक कारोबारलाई नगद रहित बनाउने

काठमाडौँँ। सरकारले आगामी आर्थिक वर्ष देखि आर्थिक कारोबारलाई नगद रहित...

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...