back

औषधि पसल छ्यापछ्याप्ती, अधिकांश पसल दर्ता बिनै सञ्चालन

वि.सं.२०७५ कात्तिक २९ बिहीवार

339 

shares
GLOBAL IME AD
NTC AD

२९ कात्तिक, भक्तपुर। भक्तपुर नगरपालिका बजार अनुगमन समितिले आज भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित औषधि पसल अनुगमन गर्दा अधिकांश पसल दर्ता बिना अवैध रुपमा सञ्चालित भएको पाइएको छ ।

समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमलविनायक, लान्चाफल्चा (भत्केको पाटी) र च्याम्हासिंहमा रहेको औषधि पसल अनुगमन गर्दा कुनै पनि पसल दर्ता नभई सञ्चालन गरेको पाइएको हो । अनुगमनको क्रममा अनमोल फर्मेसी औषधि बिक्रीकर्ताको अनुमति योग्यताको प्रमाणपत्र नभएको, नगरपालिकामा दर्ता नभएको, म्याद नाघेको औषधि टि–फोर ८५० एमजि र ५०० एमजिको भेटिएको, सिसि क्यामेराको अनुमतिपत्र नभएको, स्वकृति बिना क्लिनिक सञ्चालन गरेको पाइएको छ ।

अनुगमनको क्रममा पार्वती फर्मेसीमा औषधि बिक्री कर्ताको अनुमति योग्यताको प्रमाणपत्र नभएको, नगरपालिकामा दर्ता नभएको, म्याद नाघेको औषधि भि–मेट ८५० एमजि र ५०० एमजिको र एमलोड एक पाकेट, माइलोड दुई पाकेट भेटिएको छ । अनुगमनमा सुवेदी फर्मेसी औषधि बिक्री कर्ताको अनुमति योग्यताको प्रमाणपत्र नभएको, नगरपालिकामा दर्ता नभएको, म्याद नाघेको औषधि बट्टाहरु म्याद भएको औषधि राखी बिक्री गरेको पाइएको छ ।

अनुगमनको क्रममा विश्वास फर्मेसी एण्ड क्लिनिकमा औषधि बिक्री कर्ताको अनुमति योग्यताको प्रमाणपत्र नभएको, नगरपालिकामा दर्ता नभएको, म्याद नाघेको औषधिहरु कोल्डीन–२ वटा, ओजुस–२ वटा, विदेक्स ६ वटा, प्रिभिडिन ९ वटा भेटिएको छ । च्याम्हासिंह मेडिकल हल पसल नगरपालिकामा दर्ता नभएको, म्याद नाघेको औषधि न्यूरोन ५ ट्यावलेट, फल्यूइम १५० को ४ ट्याबलेट भेटिएको छ । सबै पसललाई तीन दिनभित्र दर्ता गर्न, स्वीकृति लिएर मात्र क्लिनिक पसल सञ्चालन गर्न, अनुमतिपत्र भएको व्यक्तिले मात्र पसल सञ्चालन गर्न निर्देशन दिएको छ भने म्याद नाघेको औषधि र म्याद नाघेको सामान जफत गरेको छ ।

वि.सं.२०७५ कात्तिक २९ बिहीवार २१:४६ मा प्रकाशित

दैलेखमा एघार वर्षीय बालकको हत्या

दैलेखमा एघार वर्षीय बालकको हत्या

दैलेख । दैलेखमा एक ११ वर्षीय बालकको हत्या भएको छ...

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

काठमाडौँ । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क...

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सांसद मदनकुमारी गरिमा (शाह)ले जातीय भेदभाव तथा...

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

काठमाडौँ । गृहमन्त्री रमेस लेखकले जातीय विभेद र छुवाछूतका समस्या...

विपिन जोशीलाई रिहाइर्मा सहयोग गर्न कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्री देउवाको आग्रह

विपिन जोशीलाई रिहाइर्मा सहयोग गर्न कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्री देउवाको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली...

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लगानीको वातावरण निर्माण...