back
CTIZAN AD

उच्च वित्तीय जोखिममा निगम,वित्तीय जोखिम न्यूनीकरण गर्न सरकारसँग आग्रह

वि.सं.२०७५ कात्तिक २९ बिहीवार

666 

shares


सिवी अधिकारी

२९ कात्तिक, काठमाडौँ  ।अन्तर्राष्ट्रिय उडानका लागि हालै दुई वटा नयाँ वाइड वडी जहाज भित्र्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम उच्च वित्तीय जोखिममा परेको जनाएको छ ।

निगमले संस्थाको वर्तमान अवस्था र आगामी रणनीतिबारे स्वेतपत्र जारी गर्दै जहाजको तिर्नुपर्ने कर्जाले निगमको तरलता अवस्था तथा नाफामा सिधै असर पर्न गएको भन्दै वित्तीय सूचकलाई अनुकूल बनाउन तुरुन्त पूँजी लगानी भित्र्याइ वित्तीय जोखिम न्यूनीकरण गरी निगमको विश्वसनीयता कायम गर्न सरकारसँग आग्रह गरेको हो ।

निगमसँग उपलब्ध नगद प्रवाह तथा निगमले तिर्नुपर्ने दायित्व अत्यधिक रहेको जनाउँदै वाइड बडी जहाजको व्यावसायिक योजनाअनुसार सञ्चालन नभएसम्म उक्त कमीलाई पूर्ति गर्न निगमलाई तत्कालै सरकारको आर्थिक सहायता आवश्यक परेको जनाएको छ ।

निगमको अधिकृत पूँजी रु ३० करोड छ । हाल निगमको पूँजी लगानी रु तीन अर्ब १० करोड रहेको छ । उक्त पूँजी लगानी अधिकृत पूँजीभन्दा बढी भएकाले यथाशीघ्र नियमित गर्नुपर्ने आवश्यकता छ ।

निगमका अनुसार जहाजको तिर्नुपर्ने कर्जा रकम रु ३२ अर्ब ८७ करोड रहेको छ । निगमको दीर्घकालीन कर्जा÷जम्मा पूँजी रु ३९ अर्ब ८२ करोड रहेकाले निगम उच्च वित्तीय जोखिममा रहेको हो ।

पत्रकार सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगमको पहिलाको अवस्थाभन्दा नयाँ वाइड बडी जहाज खरिदपछि डेढ गुणाबढी व्यापार क्षमता वृद्धि भएकाले संस्थाको आर्थिक चुनौती स्वभाविक भए पनि अवस्था सुधार्न लागिपरेको बताए ।

“हामीले निगमको इतिहासमै ठूलो व्यापार विस्तार गरेकाले नगद प्रवाहको समस्या आगामी दिनमा भोग्नुपर्ने देखिन्छ, यो अवस्था आउनुमा संस्थाको अधिकृत पूँजी कति छ, कति अनुपयोग भएको छ, त्यसलाई ध्यान दिन जरुरी छ । कर्जाको असमानताले तत्कालै आर्थिक समस्या देखिएको हो, एक वर्षभित्रमा यसलाई सुधार ल्याउँछौँ”, उनले भने ।

अध्यक्ष खरेलले वाइड बडी जहाजलाई चाँडोभन्दा चाँडो लामो गन्तब्यमा उडाएर नाफा कमाउने कार्ययोजनाका साथ अघि बढेको उल्लेख गरे । निगमसँग पूँजी अत्यन्त न्यून रहेको र कर्जा प्रवाहमा समस्या परेकाले सरकारसँग पूँजी वृद्धिका लागि रु २० अर्ब माग गरिएको स्पष्ट गर्दै निगमलाई जहाज थप्दै सेवालाई प्रभावकारी बनाउन रकम आवश्यक भएको बताए ।

वाइड बडी विमान खरिद सम्बन्धमा अनियमितता भएको भनी सोधिएको प्रश्नमा अध्यक्ष खरेलले जहाज खरिद प्रक्रियाको सम्बन्धमा प्रश्न उठाउने सम्बन्धित निकायमा निगमले ताकेता गरेको र छिट्टै यथार्थ सार्वजनिक गरिने उल्लेख गरे ।

निगमको कूल कर्जा रु ३९ अर्ब ३८ करोड र सम्पत्ति करीब रु ५० अर्ब रहेको छ । निगमले जहाज खरिद गरेबापत रु एक अर्ब १३ करोड त्रैमासिकरुपमा ब्याज तिर्दै आएको छ ।

चार महीनाभित्र चार गन्तब्य

नयाँ गन्तब्यका लागि पहल गरिरहेको निगमले वाइड बडी जहाजबाट अबको चार महीनाभित्र चार गन्तब्यमा उडान गरिने जनाएको छ ।

निगमका अध्यक्ष खरेलका अनुसार चीन, जापान, दक्षिण कोरिया र साउदी अरबमा उडानका लागि प्रक्रियामा रहेको छ । निगम राष्ट्रिय धरोहर भएकाले यसको सफलताका लागि सबैको साथ सहयोग चाहिने खाँचो औँल्याए । निकट भविष्यमा युरोप अमेरिकाका गन्तब्यमा उडान भर्ने निगमको योजना छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुरुप निगमले हाल ३५ विदेशी एयरलाइन्सलाई भूमिस्थ (ग्राउण्ड ह्याण्डलिङ) सेवा प्रदान गर्दै आएको छ ।

निगमसँग अन्तर्राष्ट्रिय उडानलाई दुई थान वाइड बडी ए ३३० जहाज, दुई थान न्यारो वडी ए ३२० जहाज र एक थान बोइङ जहाज रहेका छन् । आन्तरिक उडानका लागि तीन वटा टुइनटर, दुई वटा एमए–६०, चार वटा वाई–१२ इ विमान छन् । निगमले अन्तर्राष्ट्रियतर्फ आठ र आन्तरिकतर्फ २२ गन्तब्यमा उडान भर्दै आएको छ ।

वि.सं.२०७५ कात्तिक २९ बिहीवार २१:५७ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...