back
CTIZAN AD

मगर भाषा संरक्षणमा बडीगाड गाउँपालिका

वि.सं.२०७५ कात्तिक ३० शुक्रवार

1.1K 

shares

३० कात्तिक, बागलुङ । ३० कात्तिक बडीगाड गाउँपालिकाले लोपोन्मुख मगर भाषा संरक्षणका लागि पहल थालेको छ । करीब ५१ प्रतिशत मगर जातिको बसोबास रहेको गाउँपालिकामा मगर भाषा लोप हुन थालेपछि गाउँपालिकाले भाषा संरक्षण अभियानमा जुटेकोे हो ।

सबै भाषाको उत्तिकै सम्मान हुनुपर्ने भन्दै मगर भाषा संरक्षणका लागि पहल थालेको गाउँपालिकाले जनाएको छ । “गाउँपालिकाले विगत छ महीनादेण्खि मगर भाषाको प्रशिक्षण तालीम कक्षा सञ्चालन गर्दै आएको छ”, गाउँपालिकाका अध्यक्ष प्रमुख सिंह पाइजाले भने, “एक वर्ष मगर भाषाको तालीमपश्चात् गाउँगाउँमा भाषा कक्षा सञ्चालन गर्ने तयारीमा छौँ ।”

गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ को नगरसभाबाट मगर भाषा संरक्षणका लागि रु १५ लाख बजेट विनियोजन भएको गाउँपालिकाले जनाएको छ । मगर भाषालाई गाउँपालिकाको पहिचानका रुपमा विकास गर्ने गाउँपालिकाले लक्ष्य लिएको छ ।

हाल गाउँपालिकाका २५ जनालाई मगर भाषासम्बन्धी तालीम सञ्चालन भइरहेको र तालीमपश्चात् गाउँगाउँमा भाषा कक्षा सञ्चालन गरिने बताइएको छ । गाउँपालिका क्षेत्रमा १८औँ शताब्दीसम्म मगर भाषा बोलिए पनि बाइसे, चौबिसे राज्यसँगै मगर भाषा लोप भएको स्थानीय मगर समुदायका अगुवाले जनाएका छन् ।

हाल भाषा कक्षाका लागि तनहुँका मगर भाषा प्रशिक्षक आशबहादुर थापाले सो कक्षामा सहजीकरण गरिरहेका छन् । सहभागीलाई मासिक रु आठ हजार भत्तासहित तालीम दिइएको र तालीमपश्चात् तिनै प्रशिक्षार्थीलाई प्रशिक्षकका रुपमा विकास गरी भाषा कक्षा सञ्चालन गर्ने योजना गाउँपालिकाले बनाएको छ । गाउँपालिकाले मगर भाषा, कला र संस्कृति संरक्षणका लागि तीनवर्षे योजना अगाडि सारेको गाउँपालिकाले जनाएको छ ।

वि.सं.२०७५ कात्तिक ३० शुक्रवार १५:४७ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...