back
CTIZAN AD

राष्ट्रिय नोभिष बक्सिङ आजदेखि

वि.सं.२०७५ मंसिर ५ बुधवार

636 

shares

५ मङ्सिर, काठमाडौ ।  प्रथम राष्ट्रिय नोभिष बक्सिङ प्रतियोगिता आजदेखि शुरु हुँदैछ । नेपाल बक्सिङ सङ्घको आयोजनामा हुनलागेको उक्त प्रतियोगिताको आज युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतियोगिता ८ गतेसम्म चल्ने सङ्घका अध्यक्ष राम अवालेले जानकारी दिनुभयो । प्रतियोगितामा यू–१९ महिलातर्फ ४८, ५१, ५४, ५७ र ६० किलो तौल समूह समावेश गरिएको छ भने पुरुषतर्फ ४९, ५२, ५६, ६० र ६४ तौल समूहमा प्रतिस्पर्धा हुने छ । प्रतियोगिता संयोजक एवं राखेप सदस्य अर्जुनबहादुर केसीका अनुसार प्रतियोगितामा महिला २४ वर्षमुनि ४८, ५१, ५४, ५७ ,६० र ६४ किलो तौल समूहसमेत समावेश गरिएको छ ।

पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९,७५ र ८१ किलो तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने सो प्रतियोगिताका लागि रु २५ लाख बजेटको व्यवस्था गरिएको अध्यक्ष अवालेले जानकारी दिए । प्रत्येका तौल समूहका विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ ।

वि.सं.२०७५ मंसिर ५ बुधवार १२:०२ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...