back

राष्ट्रिय नोभिष बक्सिङ आजदेखि

वि.सं.२०७५ मंसिर ५ बुधवार

408 

shares
IME Limited
NTC AD

५ मङ्सिर, काठमाडौ ।  प्रथम राष्ट्रिय नोभिष बक्सिङ प्रतियोगिता आजदेखि शुरु हुँदैछ । नेपाल बक्सिङ सङ्घको आयोजनामा हुनलागेको उक्त प्रतियोगिताको आज युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतियोगिता ८ गतेसम्म चल्ने सङ्घका अध्यक्ष राम अवालेले जानकारी दिनुभयो । प्रतियोगितामा यू–१९ महिलातर्फ ४८, ५१, ५४, ५७ र ६० किलो तौल समूह समावेश गरिएको छ भने पुरुषतर्फ ४९, ५२, ५६, ६० र ६४ तौल समूहमा प्रतिस्पर्धा हुने छ । प्रतियोगिता संयोजक एवं राखेप सदस्य अर्जुनबहादुर केसीका अनुसार प्रतियोगितामा महिला २४ वर्षमुनि ४८, ५१, ५४, ५७ ,६० र ६४ किलो तौल समूहसमेत समावेश गरिएको छ ।

पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९,७५ र ८१ किलो तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने सो प्रतियोगिताका लागि रु २५ लाख बजेटको व्यवस्था गरिएको अध्यक्ष अवालेले जानकारी दिए । प्रत्येका तौल समूहका विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ ।

वि.सं.२०७५ मंसिर ५ बुधवार १२:०२ मा प्रकाशित

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

प्रेम परियार,ओस्लो, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा...

क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफलः राष्ट्रपति

क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफलः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज...

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

काठमाडौँ । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका...

एसिसी पुरुष यु-१६ःनेपाल बलिङ गर्दै

एसिसी पुरुष यु-१६ःनेपाल बलिङ गर्दै

काठमाडौँ । एसियाली क्रिकेट परिषद् (एसिसी) पुरुष यु–१६ ‘इस्ट जोन’...

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई सहजै हरायो

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई सहजै हरायो

काठमाडौँ । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह...

एएफसी महिला एसियन कपः पहिलो आफमा नेपालको अग्रता

एएफसी महिला एसियन कपः पहिलो आफमा नेपालको अग्रता

काठमाडौँ । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत...