back
CTIZAN AD

रानीमहललाई थप आकर्षक बनाइने

वि.सं.२०७५ मंसिर ८ शनिवार

672 

shares

८ मंसीर,खस्यौली ।  नेपालको ताज महल भनेर चिनिने पाल्पाको रानीमहललाई थप आकर्षक बनाउन यसको पूर्वाधारमा लगानी गर्न थालिएको छ ।

पुरातात्विक महत्वको रानीमहलको स्वरुप वातावरणमैत्री इको पार्क बनाउन प्रदेश नं ५ को सरकारले नयाँ योजना ल्याएको छ । प्रदेश ५ को पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले रु २० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारका वातावरणमन्त्री लिला गिरीले बताए । उनले रानीमहललाई प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने भएर चासो देखाइएको बताए ।

यस वर्षभित्र नै पार्कको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा पर्यटनलाई थप प्राथमिकता दिइने मन्त्री गिरीले जानकारी दिए । रानीमहल क्षेत्रको पर्यटकीय सम्भाव्यता र सडक पूर्वाधारबारे मन्त्री गिरीसहित भौतिक पूर्वाधार विकासमन्त्री तथा प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरी, प्रदेशसभा अन्तर्गतको उद्योग पर्यटन विकास समिति सभापति दधिराम न्यौपाने प्रदेशसभा सदस्य चेतनारायण आचार्य, नारायण आचार्य, वीरबहादुर राना, पाल्पा जिल्ला समन्वय समितिका सभापति दयाराज बस्याललगायत स्याङ्जाका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिको टोलीले स्थलगत अवलोकन गरी सम्भावनाका बारेमा अध्ययन समेत गरेको छ ।

पाल्पा सदरमुकाम तानसेनबाट करीब १४ किलोमिटर दूरीको सडकमध्ये पाँच किमी कालोपत्रे हुन बाँकी छ । कालीगण्डकी करिडोरतर्फ ७०० मिटर दूरीको चट्टानले रानीमहल पुग्ने बाटोमा अवरोध गरेको छ । यस्तै रानीमहललाई स्याङ्जासँग जोड्ने पक्की पुलको पाल्पातर्फको काम पनि पूरा भएको छैन । तत्कालीन जनरल खड्ग शमशेरले पत्नी तेजकुमारीको सम्झनामा कालीगण्डकीको तटमै जग हालेर विशाल रानीमहल बनाएको बताइन्छ ।

कालीगण्डकी नदी किनारमा पत्थरबाट ठड्याएर उक्त दरबार बनाइएको छ । दरबारको एकातर्फ बुर्जाको जग कालीगण्डकी नदीमा नै रहेको र महलभित्र पानीपोखरी, मन्दिर, बगैँचा आदि रहेका छन् । दरबार ५६ फिट चौडा, ११२ फिट उचाइ भएको चारतले भवन विसं १९५० मा शिलान्यास भई चार वर्षमा दरबार, मन्दिर र पाटीपौवासहितको निर्माणकार्य पूरा भएको बताइन्छ । महल जीर्ण भएपछि विसं २०७२ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागले रु दुई करोड ७२ लाख ३७ हजार २४७ लागतमा रानीमहलको पुनःनिर्माण गरेको थियो ।

रानीमहल दरबारको बायाँतर्फ शित्तलपाटी दरबार परिसरमा फोहोराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमका शिव र गङ्गाका दुई मन्दिर छन् । उक्त महल युयानीशैलीमा बेलायती इञ्जिनीयरको डिजाइनमा बनाइएको हो । दरबारको मूलढोकाबाट कुँदिएको ढुङ्गा र इँटाबाट बनाइएका खुड्किला सिधै कालीगण्डकी नदी कुण्डमा जोडिएको छ ।

प्रसिद्ध मुक्तिनाथ तीर्थ जाने मुख्यद्वार भएकाले तिर्थालुलाई बस्ने सुविधासहितका पौवासमेत निर्माण गरिएका छन् । दिवङ्गत रानीको सम्झनामा बनाइएकाले रानीमहल दरबारलाई प्रेमको प्रतीकका रूपमा लिने गरिएको छ । पछिल्ला केही वर्षयता उक्त रानीमहलमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको बताइएको छ ।

वि.सं.२०७५ मंसिर ८ शनिवार १७:१४ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...