back
CTIZAN AD

काठमाडौँको धुलो हटाउन ‘शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ कार्यक्रम’

वि.सं.२०७५ मंसिर ८ शनिवार

681 

shares
८ मंसीर, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि महानगरलाई धुुलोधुवाँबाट मुक्त गराउनका लागि ‘शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ कार्यक्रम’को शुरुआत गरेको छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रमको रत्नपार्कबाट शुभारम्भ गर्दै महानगरलाई चाँडै धुलोधुवाँबाट मुक्त गराउने बताए । नले यसअघि विभिन्न सङ्घ–सस्थाले अलगअलग रूपमा सरसफाइ अभियान सञ्चालन गर्दै आएकाले अव सामूहिक प्रयत्नबाट काठमाडौँलाई सफा र सुन्दर राख्ने बताए ।

प्रमुख शाक्यले उद्घाटन गरेसँगै रत्नपार्कबाट शुरु भएको सडक सरसफाइ अभियान बागबजार, डिल्लीबजार, मैतीदेवी, पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामङ्गलसम्म पुगेको थियो । उक्त कार्यक्रममा महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला, काठमाडाँै उपत्यका खानेपानी लिमिटेड, नेपाल दूरसञ्चार प्राधिकरण, मेलम्ची खानेपानी आयोजना, नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी र सडक विभागका अधिकारीको सहभागिता थियो ।

महानगरको वातावरण व्यवस्थापन विभागका निमित्त प्रमुख हरिकुमार श्रेष्ठले अब हरेक शनिबार महानगरले सरसफाइ कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । सडक सरसफाइसँगै महानगरपालिका क्षेत्रभित्र हरियाली प्रवद्र्धन गर्ने, अव्यवस्थित रुपमा रहेका केवल, विद्युत्का तार तथा पोलको व्यवस्थापन गर्ने, खानेपानीका पाइप व्यवस्थापन, सडकको ढल तथा सतही ढल व्यवस्थापनसमेत गर्ने भएको छ ।

वि.सं.२०७५ मंसिर ८ शनिवार १७:२१ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...