back
CTIZAN AD

दश महीनामा ११ लाखले लुम्बिनी भ्रमण गरे

वि.सं.२०७५ मंसिर ८ शनिवार

708 

shares

९ मंसीर, काठमाडौँ । शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा सन् २०१८ को दश महीनामा ११ लाख ४८ हजार ४८२ जना स्वदेशी तथा विदेशीले भ्रमण गरेका छन् ।

लुम्बिनी विकास कोषकाअनुसार लुम्बिनी भ्रमणमा नेपालीको सङ्ख्या अत्याधिक रहेको छ । दश महीनाको अवधिमा आठ लाख ९२ हजार ३६१ जनाले लुम्बिनीको भ्रमण गरेका छन् ।

यस्तै एक लाख ३२ हजार १८२ भारतीय पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् । तेस्रो मुलुकका एक लाख २३ हजार ९३९ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । सन् २०१८ को जनवरीमा ९५ हजार ८२३ नेपालीले लुम्बिनी भ्रमण गर्दा १२ हजार ९८८ भारतीय र अन्य देशका नौ हजार ७१४ जनाले भ्रमण गरेका छन् ।

यस्तै सन् २०१८ को अक्टोबरमा ८८ हजार ५८२ नेपालीले भ्रमण गर्दा १६ हजार ९०८ जना भारतीय र अन्य देशका १८ हजार ३८८ जनाले भ्रमण गरेका छन् । कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले हरेक वर्ष लुम्बिनी भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै आएको जानकारी दिए ।

उनका अनुसार लुम्बिनीमा श्रीलङ्काका ३७ हजार १३ जनाले लुम्बिनी भ्रमण गरेका छन् । यस्तै म्यान्माका १४ हजार २२४ जनाले लुम्बिनी भ्रमण गर्दा थाइल्याण्डका १४ हजार ७७९ पर्यटकले भ्रमण गरेका छन् । यस्तै सन् २०१८ को अगस्तसम्म १० हजार ५७७ जना चिनियाँ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।

उपाध्यक्ष त्रिपाठीले लुम्बिनी क्षेत्रको भौतिक पूर्वाधार निर्माणमा विशेष ध्यान दिइएको र पर्यटकमैत्री बनाइएका कारण पनि पछिल्ला दिनमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्यामा बढोत्तरी भएको जानकारीदिए । आगामी जेठभित्र गौतमबुद्ध विमानस्थलसमेत निर्माण सम्पन्न भई सञ्चालनमा आउने भएकाले पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने उनको दाबी छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका अनुसार राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको लुम्बिनी क्षेत्रको भौतिक विकासका लागि सरकारले दीर्घकालीन लक्ष्यका साथ काम गरिरहेको छ । आगामी तीन वर्षभित्र लुम्बिनी गुरुयोजनालाई पूरा हुने गरी काम अगाडि बढाइएको छ ।

लुम्बिनी क्षेत्रभित्रको भौतिक पूर्वाधारको विकास, प्रचारप्रसारलाई समेत विशेष जोड दिइएको जानकारी दिँदै उनले सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा लुम्बिनीसमेत विशेष प्राथमिकतामा रहेको बताए ।

वि.सं.२०७५ मंसिर ८ शनिवार १७:३१ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

गण्डकी । प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि...