back
CTIZAN AD

देशभरीका कांग्रेस कोषाध्यक्ष धादिङमा भेला हुने

वि.सं.२०७५ मंसिर ९ आइतवार

633 

shares

९ मंसीर, काठमाडौँ । नेपाली काङ्ग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय भेला धादिङको गजुरीमा हुने भएको छ ।

कोषाध्यक्षको राष्ट्रिय समितिको शनिबार बसेको बैठकले आगामी मङ्सिर १४ र १५ गते धादिङको गजुरी गाउँपालिकामा भेला गर्ने निर्णय गरेको हो ।

कोषाध्यक्षको राष्ट्रिय समितिका अध्यक्ष एवं काङ्ग्रेस काठमाडौँका कोषाध्यक्ष गोविन्द पुडासैनीले आगामी मङ्सिर २८ देखि पुस ३ गतेसम्म हुने महासमितिको बैठकमा दिने राय सुझाव र सल्लाहबारे छलफल गर्न गजुरी गाउँपालिकाको घाटबेंसीमा भेला आयोजना गर्न लागेको जानकारी दिएका छन् ।

काङ्ग्रेस तनहुँका कोषाध्यक्ष रेशम गुरुङले पार्टीलाई सशक्त ढङ्गले अगाडि बढाउँदै पार्टीभित्र रहेको गुटउपगुटको अन्त्यका लागि भेला महत्वपूर्ण हुने बताउनुभयो । भेलामा मुलुकभरका काङ्ग्रेस जिल्ला कोषाध्यक्षलाई आमन्त्रणसमेत गरिसकेको उहाँले जानकारी दिए ।

कोषाध्यक्षको राष्ट्रिय समितिको आयोजनामा हुने उक्त भेलाको नेपाली काङ्ग्रेस धादिङले संयोजकको भूमिका निर्वाह गर्नेछ । भेला आयोजना गर्नेबारे नेपाली काङ्ग्रेस धादिङ जिल्ला समितिको बैठकलेसमेत निर्णय गरिसकेको धादिङ काङ्ग्रेसका कोषाध्यक्ष बाबुकृष्ण सापकोटाले जानकारी दिए ।

यसअघि देशभरका कोषाध्यक्षको पहिलो राष्ट्रिय सम्मेलन काठमाडौँ र दोस्रो राष्ट्रिय सम्मेलन नुवाकोटमा सम्पन्न भइसकेको जनाएको छ ।

वि.सं.२०७५ मंसिर ९ आइतवार ०८:५५ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...