back

लागुऔषध गाँजासहित ७० वर्षीय वृद्ध पक्राउ

वि.सं.२०७५ मंसिर ९ आइतवार

330 

shares
IME Limited
NTC AD

 

९ मंसीर, लहान । लागुऔषध गाँजासहित प्रहरीले सिरहाको नरहा गाउँपालिकाबाट एक वृद्धलाई पक्राउ गरेको छ ।

लागुऔषध दुई किलो गाँजासहित नरहा गाउँपालिका–५ नरहा निवासी ७० वर्षीय सिताई यादव भन्ने सीताराम यादवलाई शनिबार पक्राउ गरिएको हो । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले यादवको घरमा तलासी गर्दा प्लास्टिकको झोलामा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै वन कर्मचारीको गस्ती टोलीले शनिबार साँझ सिरहाको लहान नगरपालिका–१५ स्थित ढोढनाबाट १७ थान सखुवाको चिरान काठ बरामद गरेको छ । चुरे जङ्गलबाट तस्करी गरी लुकाई छिपाई राखेको सूचनाका आधारमा डिभिजनल वन कार्यालय लहानका सहायक वन अधिकृत अमरेन्द्रकुमार यादवको नेतृत्वमा खटिएको टोलीले १७ थान सखुवा चिरान काठ बरामद गरेको हो ।

 

वि.सं.२०७५ मंसिर ९ आइतवार ०८:५८ मा प्रकाशित

अनेरास्ववियुको अध्यक्षमा डा कडरिया निर्वाचित

अनेरास्ववियुको अध्यक्षमा डा कडरिया निर्वाचित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भ्रातृ सङ्गठन अनेरास्ववियुको अध्यक्षमा...

आज थप चार प्रदेशमा फैलियो मनसुन

आज थप चार प्रदेशमा फैलियो मनसुन

काठमाडौं । नेपालमा १५ दिन अगावै भित्रिएर रोकिएको मनसुन आज...

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती...

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

काठमाडौं । विज्ञहरूले बढ्दो तापक्रमले ल्याउन थालेका विपत्तिबाट हुने जन...

चट्याङ लागेर बालकको मृत्यु

चट्याङ लागेर बालकको मृत्यु

बागमती । वर्षासँगै आज चट्याङ लागेर मकवानपुरमा एक बालकको मृत्यु...

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

गोदावरी (कैलाली) । कैलालीमा १८ स्थानमा जलमापन केन्द्र र २२...