back
CTIZAN AD

जहाँ ढोकामा ताल्चा लगाउनु पर्दैन्

वि.सं.२०७५ मंसिर ९ आइतवार

654 

shares

९ मंसिर बझाङ । गाउँभरिका घरमा कहिल्यै ताल्चा लगाउनु पर्दैन मुल्यवान सामानहरु बाहिरै असरल्ल हुन्छन्,हराउदैन ।वर्षभरि उब्जाइएका अन्नपात खलोमा राखिएको छ, सबैलाई थाहा हुन्छ । कसैले कसैको सम्पत्तिमा आँखा लगाउदैनन् ।

साइपल गाउँपालिकका पाँचवटै अहिल्यै चोरी भएको छैन् उच्च हिमाली भुभागमा पर्ने यस गाउँपालिककामा गहुँ,जौ,उवा,फापर ,कोदोलगायत अन्न प्रशस्त फल्छ । ३-४ परिवार मिलेर एउटै खलो प्रयोग गछैन् ।स्थानीय भाषामा भाड भनिने खलो घरभन्दा केहि टाढा बनाइएको हुन्छ । खरको छाप्रो हालेर बनाइएको खलोको बीचमा अन्नपात चुट्नका लागी सम्म परेको ठाउँ हुन्छ । वरिपरि ढुंगाको पर्खाल लगाएर भकारी राख्ने ठाउँ बनाइएको हुन्छ ।

तीन–चार परिवारले आ आफ्नो पर्खालमा लहरै भकारी राख्छन् ।वर्खामा जोगाउन खरको छानो बनाइए पनि खलो चारैतिर खुलै हुन्छ । खलोमा ४०-४५ क्विन्टलसम्म अन्न हुन्छ, चुकझाडका बम्म बाहराले भने,सबै अन्न बाहिरै हुन्छ ,चोरी भएको थाहा छैन ।

धलौनकी उजली धामीले अन्नपात सबै खलोमै छोड्ने गरेकाने बताइन् । हामी कुनै पनि अन्न खलोबाट घरमा ल्याउदैँनौ, भनिन््,त्यहीँ चुट्छौँ । खलामै भकारीमा थन्काँछौ ।चाएिका बेला आवाश्यकताअनुसार त्यहीबाट झिक्छौ।
ध्लौन,काँडा,चुकझाड,लासी,धुली,न्येना,बलौडी, जिमालगायत गाउँका बासिन्दा आफुलाई लाँगा देवताको करिया ठान्छन् । आजको कान्तिपुर दैनिक समाचारमा लेखिएको छ ।

वि.सं.२०७५ मंसिर ९ आइतवार ०८:५८ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...