१८ मंसिर काठमाडौ । जलविद्युत तथा पुर्वाधार आयोजनामा विस्फोटक पदार्थ नभई हँुदैन । तर यसको आपुर्तिमा एउटै मात्र कम्पनीको एकाधिकार छ । एकीकृत व्यापार कम्पनीले नेपालमा विस्फोटन पदार्थ आपूर्ती गरिरहेको छ । यो सिन्डिकेटका कारण दुई सय रुपैयाँ प्रतिकिलो पर्ने विस्फोकलाई एक हजार रुपैयाँ तिर्न व्यवसायी बाध्य भएका छन् ।
निर्माणसम्पन्न तथा निर्माणधीन अधिकांश जलविद्युत आयेजनामा उक्त कम्पनिले मात्रै विस्फोटक पदार्थ आपुर्ति गर्दै आएको छ । एउटा आयोजनाका लागि झिकाइएको विस्फोटक पदार्थ अर्काे आयोजनामा प्रयोग गर्न पाइदैन । तर उक्त कम्पनीले साह्रो गाह्रो परेको बेला भन्दै सापटीसमेत दिँदै आएको छ । यो कृत्यले विस्फोटक पदार्थजस्तो संवेदनशील विषयमा समेत सिन्डिकेट रहेको देखाएको छ ।
पहिले नेपाली सेनाले विस्फोटक पदार्थ उत्पादन गथ्र्यो । त्यो बन्द गराएर यो कम्पनीले आफ्नो व्यापार अझ विस्तार गरेको छ । २०७२ सालको भुकम्पपछि भारतले कच्चा पदार्थ नदिएको बहानामा सेनाले उत्पादन बन्द गरेको थियो । त्यसपछि विस्फोटक पदार्थमा उक्त कम्पनीको एकाधिकार अझ बढेको जनविद्युत् व्यवासायीहरु बताउँछन् । आजको अन्नपुर्ण पोष्ट दैनिक समाचारमा लेखिएको छ ।
वि.सं.२०७५ मंसिर १८ मंगलवार ०८:०३ मा प्रकाशित





























