
१८ मंसिर, काठमाडौं । विवादास्पद एसिया प्यासेफिक समिटले सरकारलाई बदनाम बनाएको छ । पृष्ठभूमिमा मुख्य अभिभावक भने सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव नेपाल थिए । नेता नेपालकै पहलमा सरकार सरिक भएको आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
नेकपाका नेता नेपालको पहलमा नेपालमा यो सम्मेलन गर्ने निर्णय ६ महिना अघि नै भएको हो । उनकै पहलमा युनिभर्सल पिस फेडरेशन नेपालका अध्यक्ष एकनाथ ढकालले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग भेटेका थिए ।
कार्यक्रमलाई सुनुश्चित बनाउन फेडेरशेसन प्रेसिडिङ काउन्सिलका सदस्य तथा फिलिपिन्सका पूर्वसभामुख होसे डे भेनेँसिया नेपालको उच्च राजनीतिक नेतृत्वलाइ भेटेका थिए ।
फेडेरेशन मार्फत् नेपालले कम्बोडियाका प्रधानामन्त्री हुन सेनसँग पनि बलियो सम्बन्ध बनाएका छन् ।
वि.सं.२०७५ मंसिर १८ मंगलवार ०७:५९ मा प्रकाशित





























