back
CTIZAN AD

चिकित्सक,स्वास्थ्यकर्मीसहित ६० जनामा डेङ्गु

वि.सं.२०७३ कात्तिक ८ सोमवार

930 

shares

८ कात्तिक,सुरुङ्गा (झापा) । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका कारण झापाको दमकमा ६० बढी बिरामी बनेका छन् ।

डेङ्गु रोगका कारण आइतबारसम्ममा तीन स्वास्थ्यकर्मी एक पत्रकारसहित ६० जना बिरामी बनेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार लाइफलाइन अस्पताल दमकका मेडिकल सुपरिटेन्डेन्ड डा तीलकचन्द्र शाह र दमकस्थित एड्भान्स हेल्थ केयरका दुई जना स्वास्थ्यकर्मीमा डेङ्गु फेला परेको हो ।

त्यस्तै नेपाल पत्रकार महासङ्घ झापाका सहसचिव गोपाल झापालीलाई पनि डेङ्गु पोजेटिभ प्रमाणित भइसकेको बताइएको छ । मेसु शाहलाई उपचारका लागि भारतको सिलगुढी लगिएको छ ।

त्यस्तै नेकपा (एमाले)का दमक नगर सचिव इन्द्र गुरुङ धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत हुनुहुन्छ ।

डेङ्गु रोगले महामारीको रुप लिएपछि साँझको समयमा दमकमा चहलपहल समेत कम हुँदै गएको छ । खासगरी डेङ्गु सार्ने लामखुट्टे साँझमा सक्रिय हुने भएकाले चहलपहल हुन छाडेको पत्रकार विष्णु पोखरेलले बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाले निःशुल्क रुपमा डेङ्गु परीक्षणका लागि दमक अस्पताललाई केन्द्र तोकेको छ । यहाँ सरकारले तोकेको कीटमा डेङ्गु परीक्षण हुने गरेको छ । बिहीबारदेखि निजी अस्पतालले समेत निःशुल्क रुपमा डेङ्गु रोगको परीक्षण गर्ने बताएका छन् ।

दमकमा सबैभन्दा बढी दमकको एडभान्स हेल्थ केयरमा डेङ्गुका बिरामी फेला परेको बताइएको छ । एडभान्स हेल्थ केयरमा ३० जना, लाइफलाइन अस्पतालमा १५ जना, दमक अस्पतालमा १० जना डेङ्गुका बिरामी फेला परेका छन् । त्यस्तै अन्य अस्पतालमा पनि डेङ्गु रोगी भेटिएको बताइएको छ ।

यसैबीच डेङ्गुरोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले झापामा डा यदुचन्द्र घिमिरे र ल्याब टेक्निसियन डवलबहादुर विसीको टोली पठाएको छ । रासस

वि.सं.२०७३ कात्तिक ८ सोमवार ०४:४८ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...