back

चिकित्सक,स्वास्थ्यकर्मीसहित ६० जनामा डेङ्गु

वि.सं.२०७३ कात्तिक ८ सोमवार

75 

shares

८ कात्तिक,सुरुङ्गा (झापा) । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका कारण झापाको दमकमा ६० बढी बिरामी बनेका छन् ।

डेङ्गु रोगका कारण आइतबारसम्ममा तीन स्वास्थ्यकर्मी एक पत्रकारसहित ६० जना बिरामी बनेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार लाइफलाइन अस्पताल दमकका मेडिकल सुपरिटेन्डेन्ड डा तीलकचन्द्र शाह र दमकस्थित एड्भान्स हेल्थ केयरका दुई जना स्वास्थ्यकर्मीमा डेङ्गु फेला परेको हो ।

त्यस्तै नेपाल पत्रकार महासङ्घ झापाका सहसचिव गोपाल झापालीलाई पनि डेङ्गु पोजेटिभ प्रमाणित भइसकेको बताइएको छ । मेसु शाहलाई उपचारका लागि भारतको सिलगुढी लगिएको छ ।

त्यस्तै नेकपा (एमाले)का दमक नगर सचिव इन्द्र गुरुङ धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत हुनुहुन्छ ।

डेङ्गु रोगले महामारीको रुप लिएपछि साँझको समयमा दमकमा चहलपहल समेत कम हुँदै गएको छ । खासगरी डेङ्गु सार्ने लामखुट्टे साँझमा सक्रिय हुने भएकाले चहलपहल हुन छाडेको पत्रकार विष्णु पोखरेलले बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाले निःशुल्क रुपमा डेङ्गु परीक्षणका लागि दमक अस्पताललाई केन्द्र तोकेको छ । यहाँ सरकारले तोकेको कीटमा डेङ्गु परीक्षण हुने गरेको छ । बिहीबारदेखि निजी अस्पतालले समेत निःशुल्क रुपमा डेङ्गु रोगको परीक्षण गर्ने बताएका छन् ।

दमकमा सबैभन्दा बढी दमकको एडभान्स हेल्थ केयरमा डेङ्गुका बिरामी फेला परेको बताइएको छ । एडभान्स हेल्थ केयरमा ३० जना, लाइफलाइन अस्पतालमा १५ जना, दमक अस्पतालमा १० जना डेङ्गुका बिरामी फेला परेका छन् । त्यस्तै अन्य अस्पतालमा पनि डेङ्गु रोगी भेटिएको बताइएको छ ।

यसैबीच डेङ्गुरोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले झापामा डा यदुचन्द्र घिमिरे र ल्याब टेक्निसियन डवलबहादुर विसीको टोली पठाएको छ । रासस

वि.सं.२०७३ कात्तिक ८ सोमवार ०४:४८ मा प्रकाशित

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित...

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

गण्डकी । फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार...

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन्...

सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने रास्वपाको निर्णय

सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय...

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण...

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे÷नगरेका विषयमा २४...