
१८ मंसिर, काठमाडौं । देशभर १२ हजार चर्च र ३० लाख ३० लाख क्रिस्चियन धर्मालम्बी रहेको गृहमन्त्रालय स्रोतले जनाएको छ ।
स्रोतका अनुसार यो संख्या २०७० सालमा गृहले अनौपचारिक रुपमा लिएको हो । देशैभरी करिब १२ हजार चर्च भएको अनुमान छ ।
नेपाल राष्ट्रिय त्रिश्चियन महासघका अध्यक्ष सिबी गहतराजले नेपालमा करिब १२ हजार ५ सय चर्च रहेको बताएका छन् । तर, त्यसको आधिकारीक तथ्यांक भने छैन । नेपालको जनगणना ०६८ अनुसार १.४ प्रतिशत अर्थात् करिब ३ लाख ७५ हजार क्रिश्चियन धर्मालम्बी छन् । सन् २०२० मा ३.८ प्रतिशत नेपालीलाई क्रिश्चियन बनाउने लक्ष्यका साथ प्रचार प्रसार भइरहेको पनि आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
वि.सं.२०७५ मंसिर १८ मंगलवार ०८:१३ मा प्रकाशित




























