८ कात्तिक, सर्लाही । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने ४० वर्षीया आइते भन्ने रामबहादुर आलेमगरलाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका बस्ने बरायली थरकी १० वर्षीया बालिकालाई ललार्य फकाई सोही ठाउँस्थित जंगलमा लगि जबरजस्ती करणी गर्न खोजेको अभियोगमा आइतबार प्रहरीले मगरलाई पक्राउ गरेको हो ।
उक्त जंगलमा बालिकालाई जबरजस्ती करणी गर्न खोजेको अवस्थामा स्थानियले देख्नासाथ भागी फरार भएका आलेमगरलाई तत्काल खोजी गर्ने क्रममा प्रहरीले फेला पारी नियन्त्रणमा लिएको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०७३ कात्तिक ८ सोमवार ०६:०० मा प्रकाशित