back
CTIZAN AD

कान्साइको ओसाकामा हुने देउसी भैलो सांस्कृतिक साँझको तयारी पुरा

वि.सं.२०७३ कात्तिक ८ सोमवार

1K 

shares

deusijapan

शुभ दिपवाली २०७३को सुभ अवसर पारेर बिन्दास गाइज कान्साइले कान्साइको ओसाकामा देउसी भैलो कार्यक्रमको साथमा बिबिध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ।

ओसाकाको मिनातो कुमिन सेन्टर बेन्तेंचोमा अक्टोबर २७ तारिक बिहिबार साँझ १७:०० बजेबाट सुरु हुने कार्यक्रममा स्थानीय कलाकारहरुको साथमा टोक्योको चर्चित ब्याण्ड को पनि प्रस्तुति रहने आयोजकले जानकारी गराएको छ।

संसारको जुन देशमा जस्तो परिस्थितिमा भए पनि आफ्नो संस्कार र सांस्कृतिक जगेर्ना गर्नु सम्पूर्ण नेपाली को कर्तब्य भएको र त्यसै अनुरुप विदेशमा नेपाली कला संस्कृतिको प्रबर्धन र बिकाश को सोचका साथमा सुभ दिपावलीको अवसर पारि देउसी भैलो को साथमा बिबिध मनोरन्जनात्मक कार्यक्रमको योजना गर्न लागिएको आयोजक समितिका संयोजक बिनय ताम्राकारले गराउनुभयो।

नेपालको विभिन्न भूभाग बाट बिसेष गरि अध्यन को सिलसिलामा जापानको कान्साई क्षेत्रको ओसाका कोबे नारा क्योटो लगायत बिभिन्न क्षेत्रमा रहेका बिद्यार्थी हरुको सामुहिक यो प्रयासलाई कान्साई क्षेत्रका अधिकांश संघ संस्था हरुको सहयोग र समर्थन प्राप्त भएको खबर छ।

२,००० एन को प्रवेश शुल्क राखिएको कार्य्रक्रममा नेपाली परिकार र लक्की ड्र को पनि व्यवस्था पनि गरिएको छ|

कार्यक्रम को सम्पूर्ण तयारी पुरा भैसकेकोले सम्पूर्ण कान्साई बासि नेपालीहरुलाई कार्यक्रममा उपस्थित भै शोभा बढाई दिनु हुन आयोजकले बिनम्र अनुरोध गर्नु भएको छ।

 कार्यक्रमको जानकारी

स्थान:-मिनातो कुमिन सेन्टर बेन्तेंचो ऒसाका जे आर बेन्तेंचो स्टेसन साउथ गेटबाट ५ मिनेट

 चिखातेचु बेन्तेंचो स्टेसनबाट ३ मिनेट

वि.सं.२०७३ कात्तिक ८ सोमवार ०५:४६ मा प्रकाशित

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...