
१ पुस, काठमाडौं । बिहान र बेलुकी हावामा २.५ माइक्रो मिटर र त्यो भन्दा कम व्यास भएका हानिकारक धुलोका कण अत्यधिक हुने भएकोले मर्निङ र इभेनिङ वाक नगर्न विशेषज्ञले सुझाव दिएका छन् । सार्वसाधारणको अत्यधिक चाप हुने काठमाडौंका अधिकांश स्थान र प्रदेशका प्रमुख सहरमा वायु प्रदूषण मापदण्ड भन्दा कयौं गुणा बढी पाइएको हो । आँखाले देख्न नसकिने यी कण सिधै फोक्सोमा जाने भएकाले स्वास्थ्यका लागि अत्यधिक हानिकारक मानिन्छन् । क्यान्सर समेत निम्त्याउन सक्ने केमिकल मिसिएका यी कणले रक्त संचार प्रणाली र मुटुलाई अघात पु¥याउने विशेषज्ञहरु बताउँछन् ।
सन् २०१७÷१८ को १२ महिनाको आंकडा अनुसार काठमाडौंको रत्नपार्कमा मापदण्ड भन्दा ४ गुणा बढी सम्म पीएम २.५ र त्यो भन्दा साना धूलोको कण रेर्कड भएको छ । २.५ को मात्रा सन् २०१७ मा प्रतिघनमिटर हावामा १ सय ३२ र सन् २०१८ मा प्रतिघनमिटर हवामा १ सय ३६ माइक्रोग्रामसम्म रेर्कड भएको छ । आजको कान्तिपुर दैनिकबाट
वि.सं.२०७५ पुस १ आइतवार ०८:१५ मा प्रकाशित






























